logo

बीरगंजका ब्यापारीलाई काठमाण्डौ आउन खडानन्दको खडा आदेश 

      12/29/2017 गते 00 00 मा प्रकाशित     1614   पटक पढिएको

वीरगंज १४ पौष  ।
राजश्व अनुसन्धान विभाग चार नम्बर शाखाका उपसचिव खडानन्द गौतमले गत बुधबार बीरगंजको पाँच ठाउँमा छापामारी गरेका छन । उनले बीरगंजका पाँचवटा ब्यवसायीक फर्ममा छापामारी गरेर कागजपत्र समेत नियन्त्रणमा लिएका छन ।

 

 छापामारी पछि उनले खातापाता सगै लिएर काठमाण्डौ पर्किएका छन । उनले खातापाता लगेसगै ब्यापारीहरुलाई हप्ता दिन भित्र काठमाण्डौ आउनु भन्ने फरमान समेत जारी गरेका छन । उनले  आर्थिक नजराना लिन ब्यापारीलाई काठमाण्डौ झिकाउन खोजेको स्रोतको दावी छ । 

 

केही समय पहिला आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख र पथलैया राजस्व अनुसन्धान कार्यलयमा रहेर काम गरेका गौतमलाई बीरगंजका ब्यापारीहरुको बारेमा राम्रो सूचना छ । ब्यपारीको कमजोर पक्ष देखाएर बीरगंजका ब्यापारीसंग आर्थिक लाभ लिदै आएका गौतमले आर्थिक लाभ लिनकैलागि सुनिल इम्पोरियम, ईश्वर ट्रेडर्स लगायत पाँच ठाउँमा छापामारी गरेर खातापाता मोबाइल र कम्प्युटरको हार्डडिस्क लिएर काठमाण्डौं आउन व्यापारीहरुलाई निम्तो दिएर फर्किएका छन ।

 

राजश्व अनुसन्धान पथलैयाको भूमिकामाथि प्रश्न चिन्ह खडा गरी गौतमले आफ्नै अगुवाईमा पैसा असुल्नको लागि यो छापामारी गरेको बताइन्छ । यो छापामारीको बिषयमा स्थानीय प्रशासन भने बेखवर छ । ब्यापारीका फर्ममा छामारी गर्दा अन्य सरोकारवाला निकायका प्रतिनिधिपनि राखनिु पर्नेमा त्यसो गरिएको छैन ।

छापामारी प्रकरणमा भने बीरगंज उधोग वाणिज्यसंघ,स्थानीय प्रशासनलगायतका सरोकारवालाहरुको सहभागिता हुनु पर्नेमा त्यो नभएकोले पनि अनेकौ आशंका जन्ँिमएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.