logo

गाँजा काण्डमा प्रहरी शंकाको घेरामै, कलवार दाजुभाईकै कुरा मिल्दैन 

      12/29/2017 गते 00 00 मा प्रकाशित     2406   पटक पढिएको

पर्सा प्रहरीले गएको सोमबार बिश्रामपुरको एक घरमा छापामारी ग¥यो । प्रहरी प्रबक्ता राजन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरको जंगबहादुर प्रसाद कलवारको घरमा छापामारी गरेको थियो । 
सोमबार कसरी छापामारी ग¥यो ? 
प्रहरी श्रोतका अनुसार लाँगूऔषध गाँजा रहेको भनी पाइएको सुचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो । प्रहरीले आफ्नो मिसन सफल बनाउँनको लागि सुरुमा २–३ जना सादा पोसाकका प्रहरीलाई गाँजाको कारोबारी बनाएर जंगबहादुर प्रसाद कलवारको घरमा ग्राहकको रुपमा पठाएको श्रोतको भनाई छ ।

उनीहरुको टोलीले केही गाँजा आफूहरुलाई चाहिएको भन्दै सुरुमा गम्भिरा कलवारसंग केही गाँजा खरिद ग¥यो । त्यसपछि थप परिमाणमा अझै आफूहरुलाई गाँजा चाहियो भनेर प्रेम र शर्मा कलवारसंग खरिद गरी छापामारी गरेको टोलीमा सहभागी एकजना प्रहरीको भनाई छ । उनका अनुसार– ‘प्रहरीले तीनै दाजूभाईसंग गाँजा खरिद गरीसकेपछि उनीहरुको छुट्टाछुट्टै रहेको घरमा छापामारी करीब ४८ किलोग्राम गाँजा बरामद गरेको थियो ।

 

’तीनै जनाको घरबाट गाँजा बरामद भइसकेपछि डिएसपी साहेबको निर्देशन अनुसार शुरुमा ६ जनालाई पक्राउ गरिएको थियो । तर तीन जनालाई मात्र जिल्ला प्रहरीमा ल्याइएको नाम नलेख्ने सर्तमा उनले बताए ।

 

प्रहरीले पछि पत्रकार सम्मेलन गरेर दुई जनालाई मात्र सार्वजनीक गरेको थियो । उनी भन्छन्– ‘यदि त्यो दोषी नभएको भए उनीसंगै समातिएका ६ जनामध्ये अनुसन्धान गरी ३ जनालाई मात्र किन जिल्ला ल्याइयो ? गाँजासहित पक्राउ गरेकै कारणले उनीहरुलाई ल्याइएको हो । तर,खै के कारणले प्रेमले उन्मुक्ति पाए थाँहा भएन ।’उनले दोहो¥याउँदै भने यदि त्यो निर्दोष भएकोभए त्यही दिन छाँडिएका अन्य ३ जनासंगै उनी किन छाडिएनन् भन्ने तथ्यले नै पुष्टि गर्छ नि ?।
प्रेमलाई जोगाउन किन उत्रियो प्रहरी ?

प्रहरीले आर्थिक नजराना लिएको भन्दै बीरगंजका स्थानीय सञ्चारम माध्यमहरुमा समाचार आयो । तर त्यसको चार दिनपछि खण्डन स्वरुप पर्सा प्रहरीले एक पत्रकार सम्मेलन गरी घटना बारे जानकारी गरायो  । पत्रकार सम्मेलनमा शर्मा कलवारले आफूले त्यो गाँजा अन्जान ब्यक्तिसंग बाटोमा २० हजारमा खरिद गरेको बताए । उनले त्यो गाँजा ८० हजारमा बेच्नलाई किनेको भनेका थिए ।

 तर प्रहरी कार्यालयको अर्को कोठामा  त्यसको २ मिनेट बित्न नपाउदै प्रेम कलवारसंग साक्षत्कार गरिरहेका पत्रकारलाई कलवारले फरक कुरा बताए । कलवारले प्रहरीले बरामद गरेको ४८ किलो गाँजा आफनै खेतमा पाँच वर्ष अगाडि उत्पादन गरि भण्डारण गरेर राखेको बताएका थिए ।

उनीहरुको भनाईमा एकरुपता नदेखिएपनि आर्थिक चलखेलका कारण मुख्य कारोबारी प्रेम कलवार छाँडिएको प्रहरी श्रोतको दावीमा दम रहेको छ । करीब ७ लाख रुपैयाको लेनदेन पछि प्रेम कलवारलाई अनुसन्धान बिना नै छाँडिएको प्रहरी श्रोतले जनाएको छ । प्रहरीका अनुसार उनलाई त्यही वडाको वडा अध्यक्षमार्फत छाडिएको हो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.