logo

नेपाली पानी भारतीय बेइमानी किसान भन्छन् अव के खाने ? 

      1/3/2018 गते 00 00 मा प्रकाशित     970   पटक पढिएको

वीरगन्ज, १९ पुस । भारतीयपक्षले नहर मर्मत गर्ने बहानमा गण्डक नहरमा पानी नछोड्दा नेपालको पर्सा, बारा र रौतहटमा गण्डक नहरबाट सिँचाई गर्ने किसानहरु मारमा परेका छन् ।

 

गएको साउनमा आएको बाढीले नहरमा क्षति पु¥याएको र त्यसको मर्मतका लागि भन्दै भारतीय पक्षले नहरमा पानी नछोडेकोले यसबर्ष हिउँदमा पानी पूर्वी नहरमा यस पटकको हिउँदमा पानी नआउने भएपछि नेपाली किसानहरु चिन्तित बनेका छन् ।

 

नहरमा पानी नआउँदा पर्सा , बारा र रौतहटका हजारौ किसानहरु सिँचाई सुविधाबाट बञ्चित हुने भएका छन् । भारतको रामनगर र इनर्वाको अगाडि पर्ने मेहनबलमा नहर मर्मत गर्नु पर्ने भन्दै पानी नछोडिएको हो ।

 

भारतको बाल्मिकी नगरका इन्जिनियर सुभेष रामले मर्मत गर्नुपर्ने भएकोले पानी नछोडिएको बताए । हरेक बर्ष २५ डिसेम्बरबाट गण्डकको पूर्वी नहरमा पानी आउनुपर्ने भएपनि भैँसालोटनबाट भारतीय पक्षले पानी नछोडेका कारण अहिले सम्म पानी नआएको किसानहरुले बताएका छन् ।

 

नहरमा पानी नआउँदा गहुँबाली तथा तरकारी बालीलाई पनि असर पर्ने भएपछि किसानहरु चिन्तित भएका छन् । नारायणी सिँचाई डिभिजन कार्यालयका प्रमुख राजेन्द्र साहले गण्डक नहरमा पानी छोड्नको लागि भारतीय पक्षलाई पत्राचार गरिसकेको तर त्यसको कुनै जवाफ नआएको बताए  ।

 

गण्डक नहरमा नेपाल तर्फ आठ सय पचास क्युसेक पानी आउने र त्यसले पर्सामा मात्रै ३० हजार हेक्टर भन्दा बढीमा सिँचाई सुविधा पु¥याउदै आएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.