logo

उपभोक्ता हितमा महानगरले जवाफदेही भएर काम गर्नु पर्छ - अध्यक्ष खनाल

      1/4/2018 गते 00 00 मा प्रकाशित     2165   पटक पढिएको

बीरगंज २० पुष ।
कन्जुमर आइका अध्यक्ष बिमला खनालले कुनै बस्तुको उपभोगले उपभोक्ताको हानी नोक्सानी गरायो भने क्षतीपूर्ती पाउने कानूनी ब्यवस्था सम्बिधानले गरेको बताइन ।
बीरगंजमा बिहिवार आयोजना गरिएको उपभोक्त हित संरक्षण गोष्ठीमा बोल्दै खनालले उपभोक्ताले उपभोग गर्ने बस्तुको गुणस्तरीयताकोलागि अवको दिनमा महानगर जिम्मेवार हुनु पर्ने बताइन । अहिलेको समिबधानले उपभोक्ता हितका निम्ति धेरै अधिकार महानगर लगायतका स्थानीय तहलाई दिइएको उनले बताइन ।


उनले नेपालको सम्बिधानको धारा ४४ को १ र २ मा उपभोक्ताको हितका कुरा सुनिश्चित गरिएको बताइन । उनले हिजो बजारको अनुगमन ,गुणस्तरीय खाद्य र कालो बजार नियनत्रणकोलागि जिल्ला प्रशासनलाई जिम्मेवारी थियो तर आज यो सबै अधिकार स्थानीय तहमा रहेको उनले प्रष्ट पारिन ।


उपभोक्ता संरक्षण परिषदका सदस्य समेत रहेकी खनालले गुणस्तरीय खानेपानी,धुवाधुलोरहितको बाटो,ढल तथा फोहरको ब्यवस्थापन मूल्यको नियमन जस्ता बिषयमा अव महानगरले जनजवाफदेही भएर काम गर्नु पर्नेे बताइन । 


कार्यक्रममा बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी,उधोग बाणिज्य संघ बीरगंजका उपाध्यक्ष सुवोध गुप्ता उधोगी मनोज दास  नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
कार्यक्रमको संचालन कन्जुमर आइ नेपालका सदस्य रन्जन खनालले गरेका थिए ।
कन्जुमर आई पर्साको अध्यक्षमा लामिछाने

यसैवीच कन्जुमर आई पर्साको अध्यक्षमा के।सी।लामिछाने चयन भएका छन् । बिहिवार बीरगंजको होटेल रानी पोखरीमा भएको उपभोक्ताअधिकारकर्मीहरुको भेलाले लामिछानेलाई अध्यक्षमा  चयन गरेको हो । यस्तै कमिटीको उपाध्यक्षमा लालबाबु यादव , सचिव गीता भण्डारी र कोषाध्यक्षमा रन्जु फूयाल चयन भए । सदस्यहरुमा सुरेश बिडारी , राजकुमार हजार र जावेद अहमद लगायतका रहेका छन। कन्जुमर आईले उपभोक्ता अधिकारका लागि काम गर्नेछ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.