logo

उपभोक्ता हितमा महानगरले जवाफदेही भएर काम गर्नु पर्छ - अध्यक्ष खनाल

      1/4/2018 गते 00 00 मा प्रकाशित     2006   पटक पढिएको

बीरगंज २० पुष ।
कन्जुमर आइका अध्यक्ष बिमला खनालले कुनै बस्तुको उपभोगले उपभोक्ताको हानी नोक्सानी गरायो भने क्षतीपूर्ती पाउने कानूनी ब्यवस्था सम्बिधानले गरेको बताइन ।
बीरगंजमा बिहिवार आयोजना गरिएको उपभोक्त हित संरक्षण गोष्ठीमा बोल्दै खनालले उपभोक्ताले उपभोग गर्ने बस्तुको गुणस्तरीयताकोलागि अवको दिनमा महानगर जिम्मेवार हुनु पर्ने बताइन । अहिलेको समिबधानले उपभोक्ता हितका निम्ति धेरै अधिकार महानगर लगायतका स्थानीय तहलाई दिइएको उनले बताइन ।


उनले नेपालको सम्बिधानको धारा ४४ को १ र २ मा उपभोक्ताको हितका कुरा सुनिश्चित गरिएको बताइन । उनले हिजो बजारको अनुगमन ,गुणस्तरीय खाद्य र कालो बजार नियनत्रणकोलागि जिल्ला प्रशासनलाई जिम्मेवारी थियो तर आज यो सबै अधिकार स्थानीय तहमा रहेको उनले प्रष्ट पारिन ।


उपभोक्ता संरक्षण परिषदका सदस्य समेत रहेकी खनालले गुणस्तरीय खानेपानी,धुवाधुलोरहितको बाटो,ढल तथा फोहरको ब्यवस्थापन मूल्यको नियमन जस्ता बिषयमा अव महानगरले जनजवाफदेही भएर काम गर्नु पर्नेे बताइन । 


कार्यक्रममा बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी,उधोग बाणिज्य संघ बीरगंजका उपाध्यक्ष सुवोध गुप्ता उधोगी मनोज दास  नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
कार्यक्रमको संचालन कन्जुमर आइ नेपालका सदस्य रन्जन खनालले गरेका थिए ।
कन्जुमर आई पर्साको अध्यक्षमा लामिछाने

यसैवीच कन्जुमर आई पर्साको अध्यक्षमा के।सी।लामिछाने चयन भएका छन् । बिहिवार बीरगंजको होटेल रानी पोखरीमा भएको उपभोक्ताअधिकारकर्मीहरुको भेलाले लामिछानेलाई अध्यक्षमा  चयन गरेको हो । यस्तै कमिटीको उपाध्यक्षमा लालबाबु यादव , सचिव गीता भण्डारी र कोषाध्यक्षमा रन्जु फूयाल चयन भए । सदस्यहरुमा सुरेश बिडारी , राजकुमार हजार र जावेद अहमद लगायतका रहेका छन। कन्जुमर आईले उपभोक्ता अधिकारका लागि काम गर्नेछ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.