बीरगंज २२ पुष ।
दाईजो एवम् समाजिक कुरति बिरुद्ध जागरण मन्च पर्सा द्वारा शनिवार घन्टाघरमा ७ सय जाडोको कपडा वितरण गरिएको छ ।
गरिब अति विपन्न तथा असाहयका लागि निशुल्क कपडा बितरण गरिएको संस्थाका अध्यक्ष वृजेश्वर चौधरीले बताए । घण्टाघरमा खुला रुपमा कपडा बितरण गरिएको हो ।
आवश्यक भएकाले लैजानुहोस भनेर नै कपडा बितरणको काम गरेको समाजिक अभियान्ता प्रकाश थारु ले बताए । कपडा बितरणकालागि ओम प्रकाश सरार्फ , अधिवक्ता सुरेन्द्र कुर्मि ,कमल चौलागाईं लगायतको सहभागिता रहेको थियो ।
फेरी माघ १ गते विरगंजको घणटघरमा दिउसो २ बजे कपडा बितरण गर्ने कार्यक्रम रहेको समाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिएका छन ।
तपाईको प्रतिक्रिया