logo

सामाजिक संजाल मार्फत ठगी गर्ने पाँचजना प्रहरीद्वारा सार्वजनीक

      1/14/2018 गते 00 00 मा प्रकाशित     1292   पटक पढिएको

बीरगंज ३० पौष ।
सामाजिक संजालमार्फत ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले आइतवार पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको छ। पर्सा प्रहरीले तेश्रो पटक लट्री परेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको हो । गिरोहले भाइवर,फेसबुक,टवीटर र मोवाइलबाट लाखौको लट्री जित्नु भएको सन्देश पठाउने गरेको थियो ।


अव तपाईले कम्पनीको तर्फबाट पुरस्कार पाउनु हुनेछ भन्ने सन्देश गिरोहले पठाउने र  पुरस्कार बापतको कर अग्रिम भूक्तानी गर्नु पर्ने शर्त राख्ने गथ्र्ये । 
    पुस्कार पाउने लोभमा कर बापतको रकम गिरोहले भने अनुसार आइएमई गरेर पठाउदै आएकाहरु मध्यकैले यस्तो सूचना प्रहरीलाई दिएपछि प्रहरीले यस्तो गिरोहलाई पक्राउ गरेको हो ।


    प्रहरीले उनीहरुलाई प्रभू मनी ट्रान्सफर र आइएमई ट्रान्सफरबाट  पक्रेको पर्साका प्रहरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले जानकारी दिनु भयो ।

प्रहरीले पक्राउ गरेकोमा  भारत बिहारको  जमुई गाउँ पं)चायत वडा नं ८ बरवाटाका ।रोहित कुमार सिंह,सोही पंचायतको खैरमामा छोटु कुमार, जनकपुर उपमहानगरपालिका वडा नं १ का अमित यादव,वडा नं २ का शिवशंकर मण्डल , १ पौडेश्वरका राजेश यादव रहेका छन । 


    उनीहरुको साथबाट प्रहरीले  २ लाख १९ हजार ५ सय ९३ रुपैया भिसा कार्ड, ,नेपाली नागरिकताको प्रमाण पत्र ,नेपाल राष्ट्रबैंकको भौचर,स्र्माट कार्ड भारतीय बैंकका एटिएम कार्डहरु भाइभो सामसुङ र नोकिया  सहित अन्य कम्पनीका गरि ५ थान मोवाइल भारतीय आधार कार्ड बरामद गरेको छ । 


    यस अघि पर्सा प्रहरीले सामाजिक संजाल मार्फत बिभिन्न ब्यक्तिहरुलाई लुटेको आरोपमा  १४ मंसिर र ३ पुषमामा पनि एउटा केही ब्यक्तिहरुलाई पक्राउ गरेको थियो । 


    मंसिर १४ मा बीरगंजको वडा नं १५ बसपार्कमा रहेको आइएमई रेमिट अगाडिबाट ६ जनालाई प्रहरीले पक्रेको थियो । त्यतीबेला पक्राउ पर्नेमा एक जना भारतीय र अन्य पाँच जना नेपाली रहेका थिए ।त्यसैगरि प्रहरीले पुष ३ मा पनि २ भारतीय र १ नेपाली पक्राउ गरेको थियो । ।


    प्रहरीले चिठ्ठा परेको भन्दै फोन वा सन्देश आएमा प्रहरीलाई खवर गर्न अपिल गरेको छ । बिना कारण ठुलो रकम दिने कुरा सत्य नहुने भएकोले प्रलोभनमा पर्न नहुनेमा सचेत हुन पर्सा प्रहरीले सबैमा आग्रह गरेको छ । कुनै प्रलोभन वा भ्रममा परेर कुनै पनि आइएमइ वा बैंक वा अन्य कुनै बित्तिय संस्था मार्फत रकम उपलब्ध नगराउन जिल्ला प्रहरी कार्यालय पर्साले सबैमा अनुरोध समेत गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.