logo

नम्बरी जग्गा दशगजामा प¥यो, जनता भन्छन हामी नेपाली की भारतीय ?

      1/16/2018 गते 00 00 मा प्रकाशित     1802   पटक पढिएको

वीरगन्ज, २ माघ । नेपाल भारतको संयुक्त सीमा सर्वेक्षण टोलीद्वारा भईरहेको सीमा व्यावस्थापनमा विवाद देखिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैया स्थित पिलर  नम्बर ३९१ र ३९२ अन्तर्गतको सहायक सीमा स्तम्भ राख्ने क्रममा बिवाद देखिएको हो ।

 

नेपालतर्फको नम्बरी दर्तावाला लालपूर्जा भएको जग्गा दशगजामा पर्ने भएपछि जग्गाधनीले  विरोध जनाएका छन् ।

सीमा व्यावस्थापनका लागि खटिएको नेपाल भारतको संयुक्त सीमा सर्वेक्षण टोलीले निर्माण गरेको सीमा स्तम्भ स्थानीयले बर्सौदेखि भोगचलन गर्दै आएको नम्बरी जग्गामा परेपछि अहिले स्थानीयले विवाद गरेका हुन् ।

 

नेपाल भारतको सीमा व्यावस्थापनका लागि सन् १८४० मा गरिएको सीमा नक्शांकनको आधारमा अहिले सीमा स्तम्भहरु राख्ने काम भईरहँदा नेपालको वीरगन्ज महानगरपालिका वडा नम्बर १ को बजार छप्कैयामा पर्ने मूल स्तम्भ जंगे पिलर  ३९१ को ३८, र ३९ तथा ३९२ को ७, ८, ९ १० र २७, २८ नम्बरको सहायक स्तम्भ नेपालतर्फ पर्ने भएको छ ।

जसले गर्दा  स्थानीयहरुले बर्षौदेखि भोगचलन गर्दै आएको करिब ३० विगाह जमिन गुमाउनुपर्ने भएको छ ।

 

सीमा स्तम्भ राख्ने क्रममा स्थानीयहरुसँग पनि कुनै राय सुझाव समेत नलिएर जिपिएस प्रणालीद्वारा लिईएको नक्शाको आधारमा मात्रै सीमा स्तम्भ राख्न लागिएकोले आपूmहरुको जग्गा भारतर्फ जाने स्थानीयले बताएका छन् । संयुक्त सर्वेक्षण टोलीले सन् १८४० को नक्शालाई आधार मानेर नक्शांकन गर्ने सहमति अनुसार हराएको सीमा स्तम्भहरु राख्ने, जीर्ण सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न दुवैदेशले संयुक्त सर्वेक्षण टोली नै बनाएर अहिले सीमाको व्यावस्थापन गरिरहेको छ ।

 

पुस्तौदेखि भोगचलन गर्दै आएको र नम्बरी जग्गा नै भएकोले नेपाल सरकारले त्यसको कुनै सोधखोज नगरी सीमा व्यावस्थापन गर्दा आपूmहरुले मालपोत कर तिरेर भोगचलन गर्दै आएको जग्गा गुमाउनुपर्दा राज्यले ठगेको अनुभव भएको स्थानीय रविन्द्र महतो कोईरीले दुखेसो गर्नु भयो ।

 

हामीले बर्षौदेखि मालपोत कर तिर्दै भोगचलन गर्दै आईरहेका छौं यदि भारतीय जमिन हो या सीमामा नै परेको हो भने, सरकारले हामीलाई किन जग्गा धनीप्रमाण पूर्जा दिएको उहाँले प्रश्न गर्नु भयो ।

 आफ्नो नाममा रहेको जग्गामा पिलर गाड्न लागेको देखेपछि कोईरीले मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएको भएपनि अहिले सीमा स्तम्भ राख्ने काम नरोकेपछि आपूmहरुले विरोध गरेको कोईरीले बताउनु भयो।

 

केही सहायक पिलरहरु पनि पहिलेको भन्दा फरक स्थानमा गाडिएको ८५ बर्षीय स्थानीय महाविर दासले बताउनु भयो ।  जतिपनि नेपाली जमिन छन् सबैमा अहिले स्तम्भ राख्न लागेका छन् ।

अहिले सम्म त नेपाली थियौं, अब हामी भारतीय कि नेपाली नागरिक ? दासले प्रश्न गर्नुभाये। अहिले निर्माण भईरहेको सीमा स्तम्भले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ मा मात्रै सार्वजनिक पर्ति र दर्ता रहेका ३० विगाह जमिन दशगजा र केही भारतमा पर्ने भएको छ ।

 

दुवैदेशबीचको सहमति अनुसार नक्शांकनको काम भएकोले यसमा भातरतर्फ पनि नम्बरी जग्गाहरु परेको र दुवैदेशले समाधान गर्ने सर्वेक्षण टोलीमा सहभागि रहेका कर्मचारीले बताएका छन् ।

सीमामा भूमि गुमाउनेहरुको लागि आ–आफ्ना नागरिकहरुलाई व्यावस्थापन गर्ने नेपालतर्फ जमिन गुमाएकाहरुलाई उचित व्यावस्थापन तथा मुआब्जाको व्यावस्था गरिने टोलीमा सहभागि एक सदस्यले बताए ।

३९२ नम्बरको जङगे पिल्लर अन्तर्गत बन्न लागेका २९ वटा सहायक सीमा स्तम्भ मध्ये १२ वटा सीमा स्तम्भ स्थानीयको लालपुर्जा भएको जग्गामा परेको छ ।

 

अहिले भोगचलन गरिरहेको भएपनि १८४० को नक्सा अनुसार हुने भएको हुँदा त्यसमा बाँझिएको हकमा नापी टोलीबाट विवरण प्राप्त भईसकेपछि नेपाल सरकारको नियमानुसार निर्णय हुने पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.