logo

सरकारी निर्णयका बिरुद्ध बिहिवार बीरगंज बन्द आव्हान  

      1/17/2018 गते 00 00 मा प्रकाशित     1813   पटक पढिएको


वीरगंज ३ माघ । सरकारले  प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बित्तिकै त्यसको  बिरोधमा प्रर्दशन शुरु भएका छन । बीरगंजमा सरकारी निर्णयका बिरुद्ध घण्टाघरमा टायर बालेर बिरोध प्रर्दशन भयो । 


सरकारी निर्णयको बिरोधमा संघीय समाजवादी फोरम नेपाल र राजपाले समेत कडा प्रतिक्रिया जनाए । दुबै संगठनले निर्णयको बिरोध गर्दै साँझ बीरगंजको माइस्थानमा प्रधानमंत्री शेर बहादुर देउवाको पुत्ला दहन गरेका छन । 


प्रदेश नं. २ को राजधानी वीरगंजलाई बनाउनु पर्ने माग गर्दै बीरगंजमा चरणबद्ध आन्दोलन जारी नै थियो । आज १३ औ दिन बीरगंजका चिकित्सकहरुले रिले अनशनमा आफनो सहभागिता जनाएका थिए ।


आन्दोलनको भावनाको अपमान गर्दै अस्थायी राजधानी जनकपुर तोकिएपछि  आन्दोलनरत बीरगंज सघंर्ष समितिले सरकारी निर्णय मान्य नहुने प्रतिक्रिया दिएको छ । सरकारको यो निर्णय मान्न सकिदैन समितिका संह संयोजक राजकुमार गुप्ताले भने बीरगंज राजधानी हुन नहुने तर्क सरकारले दिन सक्नु पर्छ । निर्णयको बिरोधमा आन्दोलन कडा पार्ने उनले बताए । उनले बिहिवार बीरगंजको बन्दको आव्हान गरिएको जानकारी दिए ।


प्रादेशिक राजधानीको माग गर्दै बिगत १३ दिन देखि वीरगंजको घण्टाघरमा रिले अनसन जारी रहदा पनि सरकारले कुनै वास्ता नगरेकोले बाध्य भएर बिहिवार बन्दको आह्वान गरिएको वीरगंज संघर्ष समितिका सह संयोजक गुप्ताले जनाए । 


बन्दको क्रममा एम्बुलेन्स, दमकल, कुटनैतिक नियोगका सवारी साधन, दुधको गाडी, अस्पतालको गाडी, सञ्चार माध्यमको सवारी साधन निर्वाद्ध रुपमा संचालन हुने समितिका प्रवक्ता ओमप्काश सर्राफले बताए ।


उद्योग, ब्यवपार, कलकारखाना, शैक्षिक संस्था, यातायात लगायत बजार पुर्ण ठप्प हुने उनले बताए । पर्सा, बारा लगायतको जिल्लाको विकास र समृद्धिको सवाल रहेकोले यो बन्दलाई सफल पार्न उद्योगी, व्यवसायी, व्यपारी, युवा वर्ग, राजनीतिक दल, किसान, शैक्षिक संस्था लगायत सम्पूर्णमा सर्वसाधारणमा सर्राफले आव्हान गरेका छन  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

किरण साहको हिरासत अवधि थपियो

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवाद सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहलाई जिल्ला अदालत पर्साले थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यससँगै साहको हिरासत अवधि लम्बिएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.