बीरगंज ४ माघ। प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेसगै बीरगंजको राजनीतिक तापमान पनि बढेको छ । सरकारी निणैयको बिरोधमा बीरगंज बन्द गरिएको छ । बीरगंजलाई राजधानी बनाउने आन्दोलनलाई नौटकी भन्नेहरुले पनि सरकारी निर्णयको बिरोध गरेका छन ।
वीरगञ्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिले रिले अनशन गर्दै आएको थियो । तर सरकारी निर्णयले आन्दोलनकारीमा आक्रोशको संचार गराएपछि बन्द–हडतालको बाटो रोज्नु पर्ने अवस्था आएको समितिका सह संयोजक राजकुमार गुप्ताले बताए ।
बन्दकर्ताहरुले बिहानैदेखि सडक अवरुद्ध पारेर सवारी आवागमन ठप्प पार्दा जनजीवन प्रभावित बनेको छ । मुर्ली बाइपास घण्टाघर लगायतका चोकमा आन्दोलनकारीले बिहानै देखी सडकमा टायर बालेर प्रर्दशन गरिरहेको युवा नेता महमुद अन्सारीले जानकारी दिए ।
बन्दका कारण कलकारखाना, बजार र शैक्षिक संस्था पनि बन्द भएका छन । बन्दकर्ताहरुले एम्बुलेन्स, संचार कुटनीतिक नियोग दमकललगायतका अत्यावश्यकीय सवारी साधनको सञ्चालनमा भने कुनै अवरोध पुर्याएका छैनन् ।
सरकारले बुधबार प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरलाई घोषणा गरेको हो । यसअघि संघर्ष समितिको आयोजनामा वीरगञ्जको घण्टाघरमा रिले अनशन चलिरहेको थियो ।
संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले मधेश आन्दोलनको केन्द्र रहेको वीरगञ्जलाई प्रादेशिक राजधानी नतोकेर यस क्षेत्रका नागरिकमाथि सरकारले अन्याय गरेकोले कडा आन्दोलनमा उत्रनु परेको बताए ।
तपाईको प्रतिक्रिया