logo

पत्रकार महासंघको बैठक सम्पन्न सिफारिस समिति गठन,सेन्टरको आपत्ती  

      1/20/2018 गते 00 00 मा प्रकाशित     1254   पटक पढिएको

माघ ६ बीगंज । 
नेपाल पत्रकार महासंघका पर्सा शाखाको बैठक शनीवार सम्पन्न भएको छ । बैठकले स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशील पत्रकारिता पुरस्कार बितरण गर्न पुर्ब अध्यक्ष शत्रुघन नेपालको संयोजकतत्वमा तीन सदस्यीय सिफरिस समिति गठन गरेको छ ।

 

समितिमा अनुप तिवरी र भूषण यादब रहेका छन । समितिले दुई बर्षको लागि पुरस्कृत हुने पत्रकारको नाम सिफरिस गर्न १० दिनको समयसीमा तोकिएको छ ।

 

महासंघ पर्साको सदस्यता नबिकरण, शुद्धिकरण तथा नयाँ सदस्य बितरण छानबिन गर्न समेत उपसमिति गठन भएको छ । उपाध्यक्ष अनुप तिवारीको संयोजकत्वमा बनेको उपसमितिमा युवराज खडका, भूषण यादब, आर के पटेल, धु्रब साह, रामनारायण कुर्मी र बिजय कुशवाहा, शुष्मा शर्मा, संजीव मिश्र  रहेको उपसमिति गठन भएको छ । बैठक अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसैवीच नेपाल पत्रकार महासंघका केही निर्णय प्रति प्रेस सेन्टर नेपालले आपत्ती जनाएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखामा प्रेस सेण्टर नेपाल पर्सा शाखालाई नजअन्दाज गर्दै निर्णायक भूमिकामा सहभागि नगराउने पत्रकार महासंघको प्रवृत्तिप्रति प्रेस सेण्टर नेपाल पर्साको गम्भीर आपत्ति छ बिज्ञप्तिमा उल्लेख छ।

 

माघ ६ गते शनिबार बसेको पत्रकार महासंघ पर्साको बैठकले सदस्यता नबिकरण, शुद्धिकरण तथा नयाँ सदस्य बितरण छानबिन गर्न गठन गरेको उपसमितिमा प्रेस सेण्टरको तर्फबाट कसैलाई प्रतिनिधित्व नगराएकोमा सेन्टरले बिज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाउको छ ।

 

सेन्टरले पत्रकार महासंघले गठन गरेको उपसमितिमा हाम्रो असहमति रहेकोले यो निर्णय सच्याउन जोडदार माग गरेको छ । निर्णय नसच्याए हामी आन्दोलन गर्न समेत बाध्य हुने समेत सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोटेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.