logo

अखिल क्रान्किारी र एमालेका नेताहरुद्वारा विवादित सीमाको निरीक्षण 

      1/20/2018 गते 00 00 मा प्रकाशित     1332   पटक पढिएको

वीरगन्ज, ६ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा पर्ने नेपाल भारत सीमा स्तम्भ विवादले अहिले राष्ट्रिय तथा अन्तराष्ट्रीय जगतकै ध्यानाकर्षण गराएको छ ।

 

नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमा स्तम्भ र जीर्ण भएका सीमा स्तम्भको मर्मत तथा निर्माण गर्ने क्रममा नेपालको दर्तावाला कयौं विगाह भूभाग दशगजामा पर्दा भएको स्थानीयको बिरोधले यो मुद्धा अन्तराष्ट्रीयकरण भएको हो ।   जग्गाधनी पूर्जा भएको जग्गामा नै सीमा स्तम्भ गाड्न थालेपछि उनीहरु बिरोधमा उत्रिएकका हुन । बिरोधका कारण उत्पन्न समस्याले अहिले सबैको ध्याना केन्द्रीत गरेको छ ।

 

छपकैयाका स्थानीय रविन्द्र महतो कोईरी, बद्री साह कानु, असर्फी साह कानु लगायतका १२ जना भन्दा बढीको जग्गा दशगजामा पर्न भएको हो । बार्षौदेखि भोगचलन गर्दै आएको जग्गा गुमाउनुपरेपछि विवाद भएको छ । संयुक्त सीमा सर्वेक्षणटोलीले गरेको सीमा स्तम्भ निर्माण तथा मर्मतका क्रममा नेपालीले खनजोत गर्दै आएको भूमि नै सीमा स्तम्भका कारण हराउने भएपछि अहिले सीमामा स्तम्भ निर्माण गर्ने काम पनि रोकिएको छ ।

 

सीमा विवादको विषयमा राजनीतिक दल र तीनका भातृसंगठनको समेत ध्यानाकर्षण भएको छ । शनिबार मात्रै नेकपा माओवादी केन्द्रको बिद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष रञ्ज्ति तामाङ सहितको टोली र नेकपा एमालेका नेताहरुको टोलीले विवादित सीमाक्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । त्यस्तै नापी विभागका उच्चस्तरीय टोलीले पनि शनिबार स्थलगत निरीक्षण गरेको छ ।

 

नेपाली भूमि मिचिनु निकै दुखद भएको भन्दै नेपाली राष्ट्रियतामा आँच आउने खालको कुनैपनि गतिविधि असह्य हुने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

 

। उनले नदिको धारलाई आधार बनाएर गरिएको सीमांकन भन्दा पनि धेरै यता नेपालतर्फको भूभागमा सीमा स्तम्भ राख्ने काम अन्यायपूर्ण रहेकोले यसको वैज्ञानिक नक्शांकन गरेर सीमा विवाद सामाधान गर्न तथा सीमामा भूमि गुमाएकाहरुको उचित क्षतिपूर्ति वा व्यावस्थापन गर्नुपर्नेमा जोड दिए ।

 

त्यस्तै नेकपा एमालेका पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरीको नेतृत्वमा पनि सीमा विवादस्थलको निरीक्षण  भएको छ । टोलीमा पूर्व सांसद विचारी यादव, एमाले पर्साका संयोजक प्रभु हजरा, बालगोपाल थापा लगायत एमालेका नेताहरुले पनि सीमा विवाद बारेमा सीमा सर्वेक्षण टोलीका टिम लिडर रमेश ज्ञवालीसँग जानकारी लिएका थिए ।

 

त्यस्तै सीमाको स्थलगत निरीक्षणमा अखिल क्रान्तिकारीका अध्यक्ष सहित केन्द्रीय टोली, केन्द्रीय सदस्य जुवैर आलम, विद्यार्थी नेता प्रभाकर गुप्ता, मित्रदेव यादव, राकेश यादव, रामबाबु मण्डल लगायतको सहभागिता रहेको थियो ।आईतबार अनेरास्ववियुका केन्द्रीय अध्यक्ष नविना लामाको नेतृत्वमा पनि टोली सीमाको निरीक्षण गर्न आउने र संयुक्त रुपमा फेरी सीमाको स्थलगत निरीक्षण गरिने विद्यार्थी नेता प्रभाकर गुप्ताले जानकारी दिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.