बीरगंज १० माघ ।
प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई बनाउनु पर्ने माग राख्दै शुरु भएको आन्दोलन २१ औ दिन पनि जारी छ । पुष २१ देखी घण्टाघरमा शुरु भएको रिले अनशन २१ औ दिन पनि जारी रहेको हो ।
अनशनमा सन्तोष जैसी,मनोज कुमार गुप्ता,दिपेन्द्र गुप्ता,पुष्कर रघुबंशी,रमेश श्रेष्ठा, अन्जली श्रेष्ठ ,उर्मिला थापा ,कोपिला चौरसिया,किरण ताम्रकार र मुन्ना रेग्मी बसेका छन ।
बीरगंज राजधानी सघर्ष समितिले आगामी माघ १३ गते जुलुस प्रदर्शन,१९ गते बृहत आम सभा,२० गते मसाल जुलुस, र माघ २१ गते बीरगञ्ज बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको समितिका प्रबक्ता ओमप्रकाश सर्राफले जानकारी दिए ।
बैठकले बीरगञ्जलाई राजधानी बनाउन भईरहेको आन्दोलन कुनै दल बिशेषको नभएकोले यो आन्दोलनमा सबै पक्षहरुलाई सहभागी हुन पनि आग्रह गरेको छ ।यसैबीच वीरगन्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित गत माघ २१ गतेदेखि वीरगन्जको घण्टाघरमा वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाईमा रिले अनसन शुरु भएको हो ।
बीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि शुरु गरिएको रिले अनसनमा बारा र पर्साका बिभिन्न संघ संस्थाहरुले एकबद्धता पनि जनाईसकेका छन ।बिरगञ्जलाई प्रादेशिक राजधानी नबनाएसम्म अनसन कार्यक्रम जारी रहने बिरगञ्ज राजधानी संघर्ष समितिले जनएको छ ।
तपाईको प्रतिक्रिया