logo

तेक्वान्दो संघको प्रदेश नम्बर २ को समिति गठन

      1/28/2018 गते 00 00 मा प्रकाशित     857   पटक पढिएको

वीरगन्ज– नेपाल तेक्वान्दो संघको प्रदेश नम्वर २ को आइतबार सम्पन्न भेलाले युवा नेता राजेशमान सिंहको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ । वीरगंजमा सम्पन्न भेलाले सिंहको नेतृत्वमा २३ सदस्यिय तदर्थ समिति गठन गरेको हो । समितिको उपध्यक्षमा ४ जना चयन गरिएको छ । उपध्यक्षहरुमा प्रहरी नायव महानिरीक्षक गणेश केसी, यातायात व्यवसायी विनोद मानन्धर, राजनीतिकर्मी शिव पटेल र उद्योगी गोपाल केडिया छन् । मानन्धर, पटेल र केडिया तीनै जना पर्साका हुन् । यस्तै महासचिवमा ज्ञानेन्द्र झा –धनुषा) चयन भएका छन् भने सचिवमा विजय शाह ठकुरी –पर्सा) र कोषाध्यक्षमा अजित पाल सिंह –पर्सा) लाइ चयन गरिएको छ । यस्तै सदस्यहरुमा भूषण यादव (पर्सा), रम्भा मिश्र (पर्सा), मुन्नी श्रीवास्तव –पर्सा), प्रेमबाबु पटेल (पर्सा), बालकृष्ण पोखरेल (पर्सा), मिना लामा (बारा), शंकर लामा (बारा), जीत सिंह लामा (बारा) र हेमलाल श्रेष्ठ (बारा) चयन भएका छन् । यसैगरी धनबहादुर लामिछाने (रौतहट), चेतबहादुर सिंह (सर्लाही), भूमिलाल लामा (सिराहा), मुकेश कुमार कर्ण (सप्तरी), संजय यादव (धनुषा), किशोर श्रेष्ठ (महोत्तरी) चयन भएका छन् । समितिले २ नम्वर प्रदेशमा तेक्वान्दो खेलको संवर्दन र प्रवर्दनका लागि आवश्यक काम गर्ने अधिकार पाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.