logo

राजधानी माग्दै बीरगंजमा भब्य बिरोध सभा 

      2/2/2018 गते 00 00 मा प्रकाशित     1282   पटक पढिएको

प्रदेशको राजधानी माग गर्दै २७ दिन देखी जारी आन्दोलनमा नागरिक सहभागिता बढदो छ । बीरगंज संघर्ष समितिले आयोजना गरेको शुक्रवारको बिरोध सभामा नागरिकले उल्लेख्य सहभागिता जनाए । 
बीरगंजको घण्टाघरमा आयोजना गरिएको बिरोध सभामा नागरिक समाजका बिभिन्न नागरिक समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

 


    सभामा बीरगंज उधोग बाणिज्य संघ,नेपाल बार एशोसिएशन,नेपाल पत्रकार महासंघ,सुन चाँदी ब्यवसायी संघ,नेपाल शिक्षक महासंघ,संघ संगठन,नेपाल प्राध्यापक संघ,नेपाल इीनजनियर एशोसिएशन लगायतका संस्थाका प्रतिनिधिहरुले बीरगंजलाई राजधानी बनाउनु शुरु गरिएको आन्दोलन प्रति एक्यवद्धता जनाएका थिए ।

 

कार्यक्रममा गायक सुुनिल पंण्डितले आफनो सांगीतीक प्रस्तुती मार्फत बीरगंजलाई राजधानी बनाउन आग्रह गरेका थिए ।
    नेपालको राजनीतिक परिर्वतनको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बीरगंजमा राजधानी हुने सम्पूर्ण पूर्वाधार हुदा समेत राजधानी घोषणा नगरेर सरकारले अन्याय गरेको वक्ताहरुको भनाई थियो ।

 

उनीहरुले जनकपुरमा उधोग वाणिज्यसंघको भवन भाडामा लिएर बिधानसभा चलाउने काम भएको भन्दै बीरगंजमा बिधान सभा,मुख्यमंत्री निवास,मंत्रालय र बिधायकहरुकालागि समेत आवास हुने पूर्वाधार भएको दावी गरे । यत्रो पूर्वाधारलाई नजरअन्दाज गरिएको उनीहरुको आरोप थियो । आन्दोलनमा शहादत दिने नाका जाम गर्नेजस्ता काम बीरगंजले गर्ने ,बीरगंजलाई राजधानी बनाउन नेताहरुले बचन पनि दिने तर यतिवेला कार्यान्वयन गर्ने बेलामा इमान्दार नभएको भन्दै उनीहरुको आलोचना शुरु गरिएको छ । 

 


    आन्दोलनमा मधेश केन्द्रीत दलका केही नेताहरु सहभागि छन । जनताको तहबाट निर्वाचित प्रतिनिधिहरु बीरगंज राजधानी हुनु पर्ने कुरामा आफनो मत त जाहेर गर्छन तर आन्दोलनलाई “नौटंकी”को संज्ञा दिइरहेका छन । तर निर्वाचित नेताहरुको यो रबैयाको जनस्तरबाट आलोचना हुन थालेको छ ।

 


    बीरगंज संघर्ष समितिका संह संयोजक पूर्व सासद राजकुमार गुप्ताको अध्यक्षता भएको बिरोध सभामा नेताहरु नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, किशोरी साह,नेकपा माओवादीका बाबुराम कौशीक,ओमप्रकाश सर्राफ तरुण नेता लुकेश सिंह,मनोज चोधरी,कमल चौगाई लगायतले बीरगंजलाई राजधानी बनाउने आन्दोलनको पक्षमा सहभागी हुन अपिलल गर्दै आन्दोलनले लक्ष्य प्राप्त गर्ने बताएका थिए ।

 


    आन्दोलनकारीहरुले कुनै पनि पार्टीको झण्डालाई बोकेका छैनन । पार्टीगत सहभागिताको अन्त्य गर्दै कालो झण्डा बोकेर उनीहरु आन्दोलनमा उत्रेका छन । सघर्ष समितिले आन्दोलनको स्वामित्व सबैले लिन सजिलो होस भनेर यस्तो गरिएको संह संयोजक गुप्ताले बताए ।

 

बीरगंज महानगरका प्रमुख बिजय सरावगी,बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मालाई आन्दोलनको अगुवाई गर्न समेत आग्रह गरिएको समितिका सदस्य अरविन्द गुप्ताले बताए । उनले आन्दोलन बीरगंज र यस क्षेत्रको हितको निम्ति भएको दावी गरे । कुनै पार्टी र बिचारधारा अंगालेकै कारण आन्दोलनमा सहभागि हुन नहुने तर्क ठिक नभएको अर्का युवा नेता मनोज चौधरीको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.