logo

राजधानी माग्दै बीरगंजमा भब्य बिरोध सभा 

      2/2/2018 गते 00 00 मा प्रकाशित     1436   पटक पढिएको

प्रदेशको राजधानी माग गर्दै २७ दिन देखी जारी आन्दोलनमा नागरिक सहभागिता बढदो छ । बीरगंज संघर्ष समितिले आयोजना गरेको शुक्रवारको बिरोध सभामा नागरिकले उल्लेख्य सहभागिता जनाए । 
बीरगंजको घण्टाघरमा आयोजना गरिएको बिरोध सभामा नागरिक समाजका बिभिन्न नागरिक समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

 


    सभामा बीरगंज उधोग बाणिज्य संघ,नेपाल बार एशोसिएशन,नेपाल पत्रकार महासंघ,सुन चाँदी ब्यवसायी संघ,नेपाल शिक्षक महासंघ,संघ संगठन,नेपाल प्राध्यापक संघ,नेपाल इीनजनियर एशोसिएशन लगायतका संस्थाका प्रतिनिधिहरुले बीरगंजलाई राजधानी बनाउनु शुरु गरिएको आन्दोलन प्रति एक्यवद्धता जनाएका थिए ।

 

कार्यक्रममा गायक सुुनिल पंण्डितले आफनो सांगीतीक प्रस्तुती मार्फत बीरगंजलाई राजधानी बनाउन आग्रह गरेका थिए ।
    नेपालको राजनीतिक परिर्वतनको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बीरगंजमा राजधानी हुने सम्पूर्ण पूर्वाधार हुदा समेत राजधानी घोषणा नगरेर सरकारले अन्याय गरेको वक्ताहरुको भनाई थियो ।

 

उनीहरुले जनकपुरमा उधोग वाणिज्यसंघको भवन भाडामा लिएर बिधानसभा चलाउने काम भएको भन्दै बीरगंजमा बिधान सभा,मुख्यमंत्री निवास,मंत्रालय र बिधायकहरुकालागि समेत आवास हुने पूर्वाधार भएको दावी गरे । यत्रो पूर्वाधारलाई नजरअन्दाज गरिएको उनीहरुको आरोप थियो । आन्दोलनमा शहादत दिने नाका जाम गर्नेजस्ता काम बीरगंजले गर्ने ,बीरगंजलाई राजधानी बनाउन नेताहरुले बचन पनि दिने तर यतिवेला कार्यान्वयन गर्ने बेलामा इमान्दार नभएको भन्दै उनीहरुको आलोचना शुरु गरिएको छ । 

 


    आन्दोलनमा मधेश केन्द्रीत दलका केही नेताहरु सहभागि छन । जनताको तहबाट निर्वाचित प्रतिनिधिहरु बीरगंज राजधानी हुनु पर्ने कुरामा आफनो मत त जाहेर गर्छन तर आन्दोलनलाई “नौटंकी”को संज्ञा दिइरहेका छन । तर निर्वाचित नेताहरुको यो रबैयाको जनस्तरबाट आलोचना हुन थालेको छ ।

 


    बीरगंज संघर्ष समितिका संह संयोजक पूर्व सासद राजकुमार गुप्ताको अध्यक्षता भएको बिरोध सभामा नेताहरु नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, किशोरी साह,नेकपा माओवादीका बाबुराम कौशीक,ओमप्रकाश सर्राफ तरुण नेता लुकेश सिंह,मनोज चोधरी,कमल चौगाई लगायतले बीरगंजलाई राजधानी बनाउने आन्दोलनको पक्षमा सहभागी हुन अपिलल गर्दै आन्दोलनले लक्ष्य प्राप्त गर्ने बताएका थिए ।

 


    आन्दोलनकारीहरुले कुनै पनि पार्टीको झण्डालाई बोकेका छैनन । पार्टीगत सहभागिताको अन्त्य गर्दै कालो झण्डा बोकेर उनीहरु आन्दोलनमा उत्रेका छन । सघर्ष समितिले आन्दोलनको स्वामित्व सबैले लिन सजिलो होस भनेर यस्तो गरिएको संह संयोजक गुप्ताले बताए ।

 

बीरगंज महानगरका प्रमुख बिजय सरावगी,बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मालाई आन्दोलनको अगुवाई गर्न समेत आग्रह गरिएको समितिका सदस्य अरविन्द गुप्ताले बताए । उनले आन्दोलन बीरगंज र यस क्षेत्रको हितको निम्ति भएको दावी गरे । कुनै पार्टी र बिचारधारा अंगालेकै कारण आन्दोलनमा सहभागि हुन नहुने तर्क ठिक नभएको अर्का युवा नेता मनोज चौधरीको भनाई छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.