logo

जनप्रतिनिधिलाई सचेत नागरिकको खवरदारी,भत्तामा मात्रै ध्यान नदिनुहोला

      2/3/2018 गते 00 00 मा प्रकाशित     1472   पटक पढिएको

वीरगञ्ज, २० माघ ।
पछिल्लो समयमा स्थानीय तहका जनप्रतिनीधिहरुले गरेका नराम्रा गतिविधिहरुको विरोध गर्दै वीरगञ्जमा शनिबार जनप्रतिनीधिहरुलाई खबरदारी गरिएको छ । जवाफदेहिताका लागि हाम्रो अभियान नामक सचेत युवा समूहको आयोजनामा वीरगञ्जको घण्टाघरबाट खबरदारी गरिएको हो । 

 


जनप्रतिनीधिहरुले जनताको सेवा सुविधामा भन्दा सवारी साधनको सुविधामा झगडा, व्यक्तिगत सेवा सुविधामा जोड दिएको, जनताका लागि भन्दा पार्टीको लागि बढी सोच्न थालेकोले खबरदारी गर्नुपरेको जवाफदेहिताका लागि हाम्रो अभियानका संयोजक शिवनाथ यादवले जानकारी दिए ।

 

‘संविधान सभा मार्फत संविधान निर्माण गर्ने समयदेखि नै हामीले प्रतिनीधिहरुलाई खबरदारी गर्दै आएका हौं, संविधानलाई सर्व स्वीकार्य बनाउन पनि दवाव दियौं । ’ उनले भने ‘अब जनप्रतिनीधिहरु जिम्मेवारीबाट बहकिएको जस्तो महशुस हामीले गरेपछि दवावमुलक कार्यक्रम शुरु गरेका हौं ।’


वीरगञ्जको घण्टाघरमा एक घण्टासम्म चलेको खबरदारी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराले जनप्रतिनीधिहरुले जनताका समस्या समाधान गरेको छन कि छैनन भनेर खोज्नुपर्ने बेला आएको बताए । ‘जनप्रतिनीधिहरु सेवा सुविधामा मात्रै केन्द्रित हुने खतरा बढ्दै गएको छ, यसले गर्दा जनतामा निराशा छाउँछ, त्यो बढेर विद्रोहमा परिणत हुन सक्छ ।

 

’ उनले भने ‘विद्रोहले कुन परिणाम ल्याउँछ भन्ने भन्न सकिन्न ।’ यस्तो खबरदारी सबै स्थानीय तहमा पुगेर गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । 


नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष के.सी. लामिछानेले जनप्रतिनीधिहरुले सेवा सुविधालाई मात्रै प्राथमिकता दिनु गलत भएको बताए । ‘सवारी साधन चाहिन्छ भनेर कुनैपनि जनप्रतिनीधिको घोषणा पत्रमा थिएन, अहिले माग्दैछन्, यसरी जनतालाई चोट मात्रै पुर्याउने काम गर्नु गलत हो ।

 

’ उनले भने ‘औषधी किनेर जनतालाई दिन सकेको छैन, भत्ताको माग भईसकेको छ । यस्तै हो भने खबरदारी आन्दोलनमा परिणत हुन बेर छैन । आफैंले भोट दिएका प्रतिनीधिहरुको विरोधमा नाराबाजी गर्नुपर्ने अवस्था नआओस ।’

 


सामाजिक अभियन्ता प्रकाश थारुले काम कतव्यबाट विमुख हुनेहरुलाई जनताको अदालतले फैसला गर्ने बताए । ‘आन्दोलनका घाईते र सहीद परिवारका लागि विभिन्न काम गर्ने वाचा गरेका थिए । अहिले विर्सेका छन् । ’उनले भने ‘ व्यक्तिगत स्वार्थमा लिप्त हुन थालेका छन्, खबरदार जनताले छोड्ने छैनन । ’


अधिवक्ता एवं मानव अधिकारकर्मी कमलमोहन पोखरेलले व्यक्तिगत सेवा सुविधा मात्रै लिनु भ्रष्टाचार भएको बताए । ‘जनकपुरमा उपमेयरले गाडी सुविधा नदिएकै कारण माईन्युट च्यातेको खबर सार्वजनिक भएको छ, वीरगञ्ज महानगरमा पनि जनप्रतिनीधिहरुले सेवा सुविधा माग गरिरहेको कुरा छ ।

 

’उनले भने ‘कानुनले तोकेको सेवा लिनुलाई सामान्य मान्न सकिन्छ,, कानुन नै नबनेको अवस्थामा अनुचित सेवा सुविधा लिनु भ्रष्टाचार हो ।’
अर्का अधिवक्ता दिपकराज भण्डारीले जनताको सेवा नगरेर आफ्नै सुविधामा मात्रै ध्यान दिनु गलत धएको बताए । 


नेपाली काँग्रेसका युवा नेता श्याम पटेलले जनप्रतिनीधि उद्देश्यबाट भत्केकोले सचेत हुनुपर्ने बेला आएको बताए ।  ‘जन प्रतिनीधिहरुले लाजै पचाएर भारतीय नम्बर प्लेटका सवारी भाडामा लिएर चढ्न शुरु गरेका छन्, मोटरसाईकल चाहियो, भत्ता चाहियो भनेर माग गर्दैछन्, यो सरासर गलत छ, उनीहरु बहकिदैछन् ।’ उनले भ्रष्टाचारी गर्नेलाई जनताले नछोड्नेमा सचेत हुन आग्रह गरे । 


राजपाका पूर्व नगर अध्यक्ष युवा नेता ओम प्रकाश सर्राफले जनप्रतिनीधिहरुले घोषणा पत्रमा लेखेका कुरा भुल्न थालेको बताए । ‘घोषणा पत्रमा लेखिएका कुराहरु पुरा गर्नुस, सत्ता र भत्तामा नभुल्नुस ।’ नेता सर्राफले भने ‘भ्रष्टाचारमा लिप्त भएर विकास र सुशासनमा कुठाघात गर्न खोज्नेहरुलाई जनताले छोड्दैनन् ।’
कार्यक्रममा नेवि संघका नेता दिलिपराज कार्की र अखिल क्रान्तिकारीका नेता प्रभाकर गुप्ताले पनि जनप्रतिनीधिहरुलाई खबरदारी गरे । उनीहरुले आफ्नो स्वार्थलाई प्राथमिकतामा नराखी जनताको सेवा गर्न भने । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.