logo

जनप्रतिनिधिलाई सचेत नागरिकको खवरदारी,भत्तामा मात्रै ध्यान नदिनुहोला

      2/3/2018 गते 00 00 मा प्रकाशित     1232   पटक पढिएको

वीरगञ्ज, २० माघ ।
पछिल्लो समयमा स्थानीय तहका जनप्रतिनीधिहरुले गरेका नराम्रा गतिविधिहरुको विरोध गर्दै वीरगञ्जमा शनिबार जनप्रतिनीधिहरुलाई खबरदारी गरिएको छ । जवाफदेहिताका लागि हाम्रो अभियान नामक सचेत युवा समूहको आयोजनामा वीरगञ्जको घण्टाघरबाट खबरदारी गरिएको हो । 

 


जनप्रतिनीधिहरुले जनताको सेवा सुविधामा भन्दा सवारी साधनको सुविधामा झगडा, व्यक्तिगत सेवा सुविधामा जोड दिएको, जनताका लागि भन्दा पार्टीको लागि बढी सोच्न थालेकोले खबरदारी गर्नुपरेको जवाफदेहिताका लागि हाम्रो अभियानका संयोजक शिवनाथ यादवले जानकारी दिए ।

 

‘संविधान सभा मार्फत संविधान निर्माण गर्ने समयदेखि नै हामीले प्रतिनीधिहरुलाई खबरदारी गर्दै आएका हौं, संविधानलाई सर्व स्वीकार्य बनाउन पनि दवाव दियौं । ’ उनले भने ‘अब जनप्रतिनीधिहरु जिम्मेवारीबाट बहकिएको जस्तो महशुस हामीले गरेपछि दवावमुलक कार्यक्रम शुरु गरेका हौं ।’


वीरगञ्जको घण्टाघरमा एक घण्टासम्म चलेको खबरदारी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराले जनप्रतिनीधिहरुले जनताका समस्या समाधान गरेको छन कि छैनन भनेर खोज्नुपर्ने बेला आएको बताए । ‘जनप्रतिनीधिहरु सेवा सुविधामा मात्रै केन्द्रित हुने खतरा बढ्दै गएको छ, यसले गर्दा जनतामा निराशा छाउँछ, त्यो बढेर विद्रोहमा परिणत हुन सक्छ ।

 

’ उनले भने ‘विद्रोहले कुन परिणाम ल्याउँछ भन्ने भन्न सकिन्न ।’ यस्तो खबरदारी सबै स्थानीय तहमा पुगेर गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । 


नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष के.सी. लामिछानेले जनप्रतिनीधिहरुले सेवा सुविधालाई मात्रै प्राथमिकता दिनु गलत भएको बताए । ‘सवारी साधन चाहिन्छ भनेर कुनैपनि जनप्रतिनीधिको घोषणा पत्रमा थिएन, अहिले माग्दैछन्, यसरी जनतालाई चोट मात्रै पुर्याउने काम गर्नु गलत हो ।

 

’ उनले भने ‘औषधी किनेर जनतालाई दिन सकेको छैन, भत्ताको माग भईसकेको छ । यस्तै हो भने खबरदारी आन्दोलनमा परिणत हुन बेर छैन । आफैंले भोट दिएका प्रतिनीधिहरुको विरोधमा नाराबाजी गर्नुपर्ने अवस्था नआओस ।’

 


सामाजिक अभियन्ता प्रकाश थारुले काम कतव्यबाट विमुख हुनेहरुलाई जनताको अदालतले फैसला गर्ने बताए । ‘आन्दोलनका घाईते र सहीद परिवारका लागि विभिन्न काम गर्ने वाचा गरेका थिए । अहिले विर्सेका छन् । ’उनले भने ‘ व्यक्तिगत स्वार्थमा लिप्त हुन थालेका छन्, खबरदार जनताले छोड्ने छैनन । ’


अधिवक्ता एवं मानव अधिकारकर्मी कमलमोहन पोखरेलले व्यक्तिगत सेवा सुविधा मात्रै लिनु भ्रष्टाचार भएको बताए । ‘जनकपुरमा उपमेयरले गाडी सुविधा नदिएकै कारण माईन्युट च्यातेको खबर सार्वजनिक भएको छ, वीरगञ्ज महानगरमा पनि जनप्रतिनीधिहरुले सेवा सुविधा माग गरिरहेको कुरा छ ।

 

’उनले भने ‘कानुनले तोकेको सेवा लिनुलाई सामान्य मान्न सकिन्छ,, कानुन नै नबनेको अवस्थामा अनुचित सेवा सुविधा लिनु भ्रष्टाचार हो ।’
अर्का अधिवक्ता दिपकराज भण्डारीले जनताको सेवा नगरेर आफ्नै सुविधामा मात्रै ध्यान दिनु गलत धएको बताए । 


नेपाली काँग्रेसका युवा नेता श्याम पटेलले जनप्रतिनीधि उद्देश्यबाट भत्केकोले सचेत हुनुपर्ने बेला आएको बताए ।  ‘जन प्रतिनीधिहरुले लाजै पचाएर भारतीय नम्बर प्लेटका सवारी भाडामा लिएर चढ्न शुरु गरेका छन्, मोटरसाईकल चाहियो, भत्ता चाहियो भनेर माग गर्दैछन्, यो सरासर गलत छ, उनीहरु बहकिदैछन् ।’ उनले भ्रष्टाचारी गर्नेलाई जनताले नछोड्नेमा सचेत हुन आग्रह गरे । 


राजपाका पूर्व नगर अध्यक्ष युवा नेता ओम प्रकाश सर्राफले जनप्रतिनीधिहरुले घोषणा पत्रमा लेखेका कुरा भुल्न थालेको बताए । ‘घोषणा पत्रमा लेखिएका कुराहरु पुरा गर्नुस, सत्ता र भत्तामा नभुल्नुस ।’ नेता सर्राफले भने ‘भ्रष्टाचारमा लिप्त भएर विकास र सुशासनमा कुठाघात गर्न खोज्नेहरुलाई जनताले छोड्दैनन् ।’
कार्यक्रममा नेवि संघका नेता दिलिपराज कार्की र अखिल क्रान्तिकारीका नेता प्रभाकर गुप्ताले पनि जनप्रतिनीधिहरुलाई खबरदारी गरे । उनीहरुले आफ्नो स्वार्थलाई प्राथमिकतामा नराखी जनताको सेवा गर्न भने । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

किरण साहको हिरासत अवधि थपियो

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवाद सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहलाई जिल्ला अदालत पर्साले थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यससँगै साहको हिरासत अवधि लम्बिएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.