बीरगंज २३ माघ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वली “सुर्दशन”ले मुलुकमा एकिकृत जनक्रान्तिको आवश्यकता रहेको बताएका छन ।
बिपल्वले नेतृत्व गरेको पार्टीले बीरगंजमा आयोजना गरेको वर्तमान राष्ट्रीय परिस्थिति र राष्ट्रीयताको सवाल बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेता वलीले संसदीय चुनावबाट गरिवको राज्यसत्ता नआउने भन्दै उनले एकिकृतक्रान्तिको आवश्यकतामा जोड दिएका हुन ।
उनले राज्यसत्ताले नै महंगीबढाउने र भ्रष्टाचार गर्न छुट दिने गरेकोले यस्तो ब्यवस्थाले जनताको हित नगर्ने बताए । नेता वलीले यस्तो अत्याचारी ब्यवस्थाको बिकल्प बैज्ञानिक समाजवाद हो भन्दै बर्ग सर्घर्ष राष्ट्रीयताको आन्दोलन सगै जोडेर जनक्रान्तिको दिशामा अगाढि बढनुको बिकल्प नरहेको बताए ।
कार्यक्रममा बोल्दै ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपालले आफ्नो माटोको रक्षाकालाजि जनता आफै उठनु पर्नेमा जोड दिए । उनले बीरगंजको छपकैयामा नेपाली भूमीमा गाडिएको सीमास्तम्भको चर्चा गर्दै घण्टाघरमा रिले अनशन बस्नेहरुले छपकैयाको माटोको बारेमा नवोलेको भन्दै चिन्ता ब्यक्त गरे ।
नेपालले अहिले दुई चार जनाको जमिन गयो भनेर बोलिएन भने भोलीका दिनमा आफनै जमिन जाने कुरा स्मरण गर्न आग्रह गरे । नेपाली सीमाको बिषयमा जानकार मानीने नेपालले भारतले अहिले सम्म सुगौली सन्धी पछिको नेपालको समेत १ हजार ३ सय वर्ग कि.मी.सीमा अतिक्रमण गरेको तथ्य प्रस्तुत गरे ।
भारतले कब्जा गरेको जमिन फिर्ता लिन हतियार लिएर लडनु नपर्ने बताउदै नेपालले भने “नेपालका नेताहरुले कुरा गरे पुग्छ तर कुरा गर्ने आँट भएका नेता मुलुकले पाएन ”। नेपालले नेपालको बैधानिक राज्य मंत्रीपरिषद नेपालको भौगोलिक राज्यको बिरुद्ध रहेको चर्चा गर्दै मुटु कलेजोमा गाडे झै गाडिएको सीमा स्तम्भ उखाल्ने अभियानमा लागि रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा छपैयामा आफनो जमिनमा भारतीय पक्षले सीमा स्तभ्म गाडेपछि चिन्तीत भएका छपकैयाबासीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमा राष्ट्रीय जनमोर्चाका हिमलाल पुरी चिरन पुन भाग्यनाथ गुप्ता डा हरेराम ठाकुर भगवानचन्द्र ज्ञवाली लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया