logo

गौतम र साहलाई गिरी पुरस्कार 

      2/6/2018 गते 00 00 मा प्रकाशित     884   पटक पढिएको

बीरगंज २३ माघ ।
नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको स्वर्गीय पत्रकार गोपाल गिरि क्रियाशिल स्मृती पुरस्कार पत्रकार महेसचन्द्र गौतम र ध्रुब साहलाई दिने निर्णय भएको छ ।  

दुबैलाइ नगद २५ / २५ हजार र प्रमाणपत्रले आगामी फागुन १ गते पुरस्कृत गरिने भएको छ । गोपाल गिरी बीरगंज उपमहानगरपालिकाको मेयर हुदा २०६० साल माघ १ गते माओवादीहरुले हत्या गरेका थिए । 


त्यो भन्दा अगाडि स्व. गिरीले नेपाल पत्रकार महासंघ पर्साको नेतृत्व गरिसकेका थिए । स्व. गिरी अध्यक्ष हुदा २०५० सालमा बीरगंजमा भएको नेपालका पत्रकारहरुको सम्मेलनले पहिलो पटक आचार सहिता निर्माण गरेको थियो । स्व.गिरीको हत्या पछि नेपाल पत्रकार महासंघ पर्सा शाखाले उनको योगदानको सम्झना चीर स्थायी राख्नकालागि उनको स्मृतिका पुरस्कार दिने घोषणा गरेको हो ।

 

पुरस्कारबाट मुकुन्द आचार्य,के.सी.लामिछाने,ओमप्रकाश खनाल ,बिम्मी शर्मा,शितल महतो,राजु श्रेष्ठ शत्रुघ्न नेपाल श्याम बन्जारा लगायतका पत्रकारहरु पुरस्कृत भइसकेका छन ।

 

यो पटक दुई वर्षका पुरस्कारहरु बितरण गरिएको छ । पुरस्कार फाल्गुण १ गते बितरण गरिने नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले जानकारी दिएका छन ।


नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वली “सुर्दशन”ले मुलुकमा एकिकृत जनक्रान्तिको आवश्यकता रहेको बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.