logo

प्रहरीलाई चौध वर्षिया बालिका भगाएको आरोप ,खोजी गर्न अभिभावकको अपिल

      2/7/2018 गते 00 00 मा प्रकाशित     1222   पटक पढिएको

बीरगंज २४ माघ  ।
पर्साकी एक जना १४ वर्षीया नाबालिकालाई प्रहरीले भगाएको आरोप लगोको छ ।

 

पर्सा सखुवाप्रसौनी ५ महुवनका ३० वर्षिय प्रेम बैठाले सोही स्थानकी काजलकुमारी गिरीलाई भगाएको परिवानजनले पत्रकार सम्मेलन गरी आरोप लगाएका छन् ।बैठा सिन्धुली स्थित नेपाल प्रहरीको मध्य क्षेत्रीय केन्द्र दुधौलीमा परिचरमा पदमा कार्यरत रहेका छन् ।

 

नातिनीलाई असोज २९ गते विहान १ बजेको समयमा घरबाट भगाई हाल सम्म बेपत्ता बनाएको काजलका हजुर बुवा शारदा गिरीले आरोप लगाए ।नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले बैठाले आफनी नातिनीलाई गलत नियतले भगाई हाल सम्म वेपत्ता बनाउदा परिवार नै दुखमा डुबेको बताए ।

 

प्रहरीमा यस घटनालाई लिएर चेलीबेटी बेचविखन मुद्दा पनि पीडित पक्षले गत कार्तिककै पहिलो सातामा दिएको तर पर्सा प्रहरीले नाबालिका खोजतलास तथा पीडकलाई कारवाहीको दायरमा ल्याउन नसकेको पनि काजलको परिवारको अरोप छ ।

 

‘प्रहरीले खासै चासो दिएको छैन,खोज तलासको क्रममा सिन्धुली जाँदा  उनी कार्यरत रहेको कार्यालय नजिकको एक होटलकी साहुनीले बैठाले एक जना केटीलाई तीन दिन सम्म त्याहाको एक होटलमा बहिनी बनाएर राखेको थाहा पाएका छौ,तर प्रहरीले हाम्री नातिनीलाई फेला पार्न सकेको छैन,’हजुरबुवा शारदाले भने ।

 

काजललाई भगाउदा घरको दुई लाख नगद र करिब पौने दुई लाखको गरगहना लगिएको परिवारजनको दावी छ ।यता, पर्सा प्रहरीका प्रवक्ता डिएसपी राजन लिम्बुले जाहेरीको सम्बन्धमा आरोपीले  नै केटी भगाएको कुरा कहि कतैबाट खुल्न नसकेको जानकारी गराउदै हाल पनि अनुसन्धान भइरहेको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.