logo

मुआव्जा प्रति असन्तुष्ट जग्गाधनीहरु आन्दोलीत, आईसीपीको निर्माण कार्य प्रभावित 

      2/9/2018 गते 00 00 मा प्रकाशित     1724   पटक पढिएको


माघ २६ बीरगंज ,  । एकीकृत भन्सार जाँच चौकी निर्माणकालागि जग्गा अधिग्रहण गरिएका जग्गाधनीहरुले आन्दोलन शुरु गरेका छन । उनीहरुले  पाएको मुआव्जाप्रति असन्तोष जनाउदै निर्माणको अन्तिम चरणमा आन्दोलन शुरु गरेका हुन । उनीहरुको आन्दोलनका कारण निर्माण कार्य समेत प्रभावित भएको  छ । 


जग्गाधनीहरुको सघर्ष समितिले शुक्रबारदेखि आईसीपी नेपालको मूल गेटमा धर्ना दिएर आन्दोलन शुरु गरेका छन ।  उनीहरूले बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म  मूल गेटमा धर्ना दिएका हुन् ।

 

सरकारले ०६२ र ०६३ सालमा ३ सय ४६ जना जग्गा धनीको १ सय १० विगाहा जमिन रोक्का राखेर ०६५ सालको साउनदेखि मुआब्जा वितरण सुरु गरेको थियो ।

जग्गाधनीहरूले तत्कालिन अवस्थामा अब्बल, दोयम, सीम, चहार गरी क्रमश  ७३ हजार, ७२ हजार, ७१ हजार, एवं ७० हजार  मुआब्जा लिईसकेका छन् ।

संघर्ष समितिले नेपाल सरकारद्वारा गठित सरकारी समितिले सिफारिस गरेको जग्गाको मोल प्रतिकठ्ठा ५ लाख ६२ हजार ७ सय रुपैयाँ उल्लेख गरेकामा ०६७ सालदेखिको ब्याजसहित क्षतिपूर्ति रकम उपलब्ध गराउनुपर्ने, परियोजना भित्र प्रभावित प्रति परिवारका लागि एक रोजगारको व्यवस्था गर्नुपर्ने, आईसीपी बाहिर उत्तर पश्चिमको ग्रेभल सडक एवं कच्ची नाला तत्काल पीच एवं पक्की हुनुपर्ने लगायतका माग राखेको छ ।

 

४ बुँदे माग राखेर संघर्ष समितिले गत मंगलवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

 

आफूहरूको माग पूरा नगरिए आगामी बुधवारदेखि आईसीपीको मूख्य गेटमा तालाबन्दी गरी अनिश्चितकालिन धर्ना बस्ने चेतावनी संघर्ष समितिले दिएको छ ।

भारततर्फको आईसीपीको निर्माण सम्पन्न भईसकेको लामो सयम भईसक्दा पनि नेपालतर्फको काम सम्पन्न हुन सकेको छैन् ।

आवासीय जग्गालाई तीन वर्ष रोक्का राखेर किसानलाई परिबन्दमा पारी कम मुआब्जा वितरण गरिएकोले विरोध गर्नुपरेको संघर्ष समितिका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले बताए ।

भारत सरकारले भारतीय क्षेत्रमा सोही परिमाणको जग्गाको अधिग्रहण गर्दा उच्च क्षतिपूर्ति दिएको तर आफूहरूले क्षतिपूर्ति रकम वृद्धि गर्न माग राख्दा सुनुवाई नभएको समितिको गुनासो छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.