logo

गोतामे पत्रकारिता पुरस्कार सप्तरीका पासवानलाई

      2/9/2018 गते 00 00 मा प्रकाशित     854   पटक पढिएको

बीरगंज २६ माघ ।
    गोतामे पत्रकारिता पुरस्कार २०७४ कञ्चनपुरका पत्रकार भोलाकुमार पासवानलाई प्रदान गरिने भएको छ। 
    पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको बैठकले पासवानलाई यस वर्षको पुरस्कार दिने निर्णय गरेको सचिव के.सी लामिछानेले बताए । 


    प्रतिष्ठानका अध्यक्ष्ँ जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले सप्तरी, कञ्चनपुरबाट प्रकाशित कञ्चनपुर    साप्ताहिकका सम्पादक पासवानलाई गोतामे पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । विगत सात वर्षदेखि पत्रकारिता पेशा अँगालेका विभिन्न व्यक्तिहरूलाई प्रतिष्ठानले पुरस्कृत गर्दै आएको छ । 


    १० हजार राशिबाट शुरु भएको गोतामे पत्रकारिता पुरस्कार यस वर्षदेखि एक तोला सुनमा परिणत भएको छ । बितेका दुई वर्ष आधा तोला सुनको तक्मा पुरस्कार रहेकोमा यस वर्षदेखि एक तोला सुनमा परिणत भएको प्रतिष्ठानका अध्यक्ष्ँ शर्माले जानकारी गराए ।


यस पुरस्कारबाट मकवानपुरका प्रताप बिष्ट,मोरङका मोहन भण्डारी,रुपन्देहीका डि.आर.घिमिरे लगायतका सात जना पत्रकार पुरस्कृत हुनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.