logo

हुण्डी कारोवारको आरोपमा ५६ लाख सहित चार जना पक्राउ

      2/11/2018 गते 00 00 मा प्रकाशित     2016   पटक पढिएको

बीरगंज २८ माघ ।
पर्सा प्रहरीले हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा चार जना कारोवारीलाई आइतवार पक्राउ गरेको छ । बीरगंज महानगरपालिकाको वडा नं ८मा रहेको  लिंकरोडको दक्षीणकाली अटो स्येयर पार्टसका संचालक सहितलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा अटोका संचालक राजेश अग्रवाल समेत रहेका छन । पक्राउ पर्नेमा भारत रक्सौल घर भएका रितेशकुमार गुप्ता रौनियार, बिनिता अग्रवाल र सहयोगी मनोज पटेल रहेका छन्।

 

प्रहरीले लिकंरोड स्थित घरका मालिक  राजेश रौनीयारलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले केही कागजात पनि लगेको छ ।


     प्रहरीले उनीहरुको साथबाट ५६ लाख रुपैया नगद समेत बरामद गरेको छ । अबैध रुपमा हुण्डीको कारोवार गरि दैनीक लाखौ रुपैया छली भइरहेको सूचनाका आधारमा प्रहरीले छापामारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 


घटनाको बिषयमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी यपरिक्षक डा.गणेश रेग्मीले बताए  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.