logo

औपचारिक पोशाकमा देखिए मर्यादापालकहरु ,बिरोधमा उत्रिए मधेशी सासदहरु

      2/12/2018 गते 00 00 मा प्रकाशित     1854   पटक पढिएको

जनकपुर २९ माघ ।२ नम्बर प्रदेशको प्रदेश सभाको पहिलो बैठकमै मर्यादापालकको पोशकका बिषयमा बिवाद भएको थियो । मर्यादापालकले केन्द्रीय संसदमा लगाएको जस्तै दौरा सुरुवाल ,चौवन्दीचोली र  सारी लगाउने तयारीम थिए तर त्यतीबेला प्रदेशसभाका सदस्यहरुले मधेशको संस्कृति र पोशाकको पृथकताको वकालत गर्दै मर्यादापालकलाई पोशाक लगाउन दिएका थिएनन ।
सोमवारको बैठकसम्म मर्यादापालकहरुको पोशाकको सन्दर्भमा कु्नै ठोस काम भएको थिएन । बिरोध त गरियो तर फरक पोशाक निर्माण भएन ।  सोमबार निर्धारित प्रदेश २ को प्रदेशसभा बैठकको तयारी चलिरहेका बेला एकाएक दौरा सुरुवाल कोट र सारी चोलो कोट लगाएर मर्यादापालक  प्रदेश संसद भवनमा प्रवेश गरेपछि खैलाबैला मच्चियो ।


मधेसवादी दलले सर्वदलीय बैठकमार्फत प्रदेशसभाको पहिलो बैठकमै मर्यादापालकले दौरा सुरुवाल लगाउन नपाउने व्यवस्था गरे । तर त्यसपछि पोशाक के लागाउने त्यसको तयारी गर्न कसैले आवश्यक ठानेन 

सोमबार मात्रै कार्यव्यवस्था परामर्श समितिले सफारी सुट र सारी चोलो ड्रेसकोड तय गर्‍यो । यो तय गरिएको पोशाकको ब्यवस्था गर्न पनि १५ दिन जती लाग्छ नै ।

तर, यो तत्काल उपलब्ध हुन नसक्ने भएपछि मर्यादापालकहरुले आफू खुसी पोशाक लगाउन पाउने भए । आफूखुशी पोशाक लाउन पाउदा मर्यादापलकहरुले दौरा सुरुवाल कोट र सारी चोलो कोट लगाए ।

प्रदेशसभा सचिवालय र सांसदहरुबीच छलफल भएरै मर्यादापालकको अर्को पोशाक नबनेसम्मका लागि दौरा सुरुवाललाई अल्पकालीन पोशाकको अनौपचारिक मान्यता दिइएको स्रोतले जनाएको छ ।

अर्को पोशाक तयार नहुन्जेल आफ्नो इच्छा र सुबिधा अनुसारको पोशाक लगाउन छुट दिइएको संसद सचिवालयबाट काजमा खटिएका सहसचिव बंशीराज पौडेलले जानकारी दिए ।

उनले भने माननीय ज्यूहरुले मधेशमा धेरै गर्मी हुने भएकाले दौरा सुरुवाल उपयुक्त नहुने सुझाव दिनुभयो । अब पुरुषले क्रिम कलरको सफारी सुट र महिलाले पनि सोही कलरको सारी र ब्लाउज लगाउने गरी पोशाक तयार हुँदैछ, त्यो नहुन्जेल दौरा सुरुवाल लगाए पनि छुट भयो ।’

तर, मर्यादापालक दौरा सुरुवाल लगाएर आएपछि मधेशवादी दलका नेताहरुले आपत्ति जनाएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.