logo

तलव नपाएका शिक्षकहरु आन्दोलनमा उत्रे स्थानीय तह गम्भिर नभएको आरोप

      2/13/2018 गते 00 00 मा प्रकाशित     1052   पटक पढिएको

बीरगंज १ फागुण । नेपाल शिक्षक महासंघले स्थानीय निकायले शिक्षकहरुको तलवको निकासा नदिएकोमा चर्को आलोचना गरेको छ ।

 

शिक्षक महासंघले माघ २६ गते नै सबै सथानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएर फाल्गुण १ भित्र तलव दोश्रो चौमासिक तलव निकासाको माग गरेको थियो ।

 

महासंघले पर्साका प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापन पत्र बुझाएको थियो , पर्सा जिल्लामा रहेका १३ वटा स्थानीय तह मध्य सात वटाले शिक्षकहरुको दोश्रो चौमासिक तलव निकासा गरिसकेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले जानकारी दिए ।

शिक्षकहरुको तलव निकासामा ध्यान नदिएको भन्दै शिक्षक महासंघ पर्साले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

 

तलव निकासा नदिएका बीरगंज महानगरपालिका,ठोरी गाउ“पालिका,पकाहा मैनपुर गाउ“ पालिका ,पर्सागढी नगरपालिका,जगरनाथपुर गाँउपालिका र धोवीनी गाउँपालिका बिरुद्ध आन्दोलनको घोषणा गरेका छन।

 

शिक्षक महासंघले तलव निकासा नदिएका गाउँपालिका क्षेत्रमा रहेका सरकारी बिद्यालयहरु फाल्गुण २ गते बन्द आव्हान गरेको छ । शिक्षकहरुले महानगर ,नगर र ,गाउँपालिका प्रमुख ,प्रशासकीय प्रमुख र लेखा प्रमुखलाई उनीहरुकै कार्यकक्षमा घेर्ने कार्यक्रम सार्वजनीक गरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थ यादवले बताए । 
    यति हुदा पनि तलव निकासा नभए घेराउस्थलबाटै थप आन्दोलनको कार्यक्रम तय गरिने अध्यक्ष यादवले बताए ।

 

अध्यक्ष यादवले जनप्रतिनिधिहरुको कार्यसम्पादन क्षमता कमजोर भएकोले तलव निकासा नभएको गम्भिर आरोप लगाए ।

 

अन्य स्थानीय तहले तलव निकासा गरेका छन यसको अर्थ के हो भने तलव निकासामा त्यस्तो समस्या केही पनि छैन मात्र काम गर्ने जाँगर नभएको मात्र देखिन्छ उनले भने “कि जाँगर छैन कि त काम गर्ने ढंगपुगेको छैन ”।  स्थानीय तहको यो रबैयाले उनीहरु वालवालिकाको शिक्षा प्रति जिम्मेवार नभएको समेत पुष्टी गरेको टिप्पणी गर्न थालिएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.