logo

तलव नपाएका शिक्षकहरु आन्दोलनमा उत्रे स्थानीय तह गम्भिर नभएको आरोप

      2/13/2018 गते 00 00 मा प्रकाशित     1192   पटक पढिएको

बीरगंज १ फागुण । नेपाल शिक्षक महासंघले स्थानीय निकायले शिक्षकहरुको तलवको निकासा नदिएकोमा चर्को आलोचना गरेको छ ।

 

शिक्षक महासंघले माघ २६ गते नै सबै सथानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएर फाल्गुण १ भित्र तलव दोश्रो चौमासिक तलव निकासाको माग गरेको थियो ।

 

महासंघले पर्साका प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापन पत्र बुझाएको थियो , पर्सा जिल्लामा रहेका १३ वटा स्थानीय तह मध्य सात वटाले शिक्षकहरुको दोश्रो चौमासिक तलव निकासा गरिसकेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले जानकारी दिए ।

शिक्षकहरुको तलव निकासामा ध्यान नदिएको भन्दै शिक्षक महासंघ पर्साले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

 

तलव निकासा नदिएका बीरगंज महानगरपालिका,ठोरी गाउ“पालिका,पकाहा मैनपुर गाउ“ पालिका ,पर्सागढी नगरपालिका,जगरनाथपुर गाँउपालिका र धोवीनी गाउँपालिका बिरुद्ध आन्दोलनको घोषणा गरेका छन।

 

शिक्षक महासंघले तलव निकासा नदिएका गाउँपालिका क्षेत्रमा रहेका सरकारी बिद्यालयहरु फाल्गुण २ गते बन्द आव्हान गरेको छ । शिक्षकहरुले महानगर ,नगर र ,गाउँपालिका प्रमुख ,प्रशासकीय प्रमुख र लेखा प्रमुखलाई उनीहरुकै कार्यकक्षमा घेर्ने कार्यक्रम सार्वजनीक गरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थ यादवले बताए । 
    यति हुदा पनि तलव निकासा नभए घेराउस्थलबाटै थप आन्दोलनको कार्यक्रम तय गरिने अध्यक्ष यादवले बताए ।

 

अध्यक्ष यादवले जनप्रतिनिधिहरुको कार्यसम्पादन क्षमता कमजोर भएकोले तलव निकासा नभएको गम्भिर आरोप लगाए ।

 

अन्य स्थानीय तहले तलव निकासा गरेका छन यसको अर्थ के हो भने तलव निकासामा त्यस्तो समस्या केही पनि छैन मात्र काम गर्ने जाँगर नभएको मात्र देखिन्छ उनले भने “कि जाँगर छैन कि त काम गर्ने ढंगपुगेको छैन ”।  स्थानीय तहको यो रबैयाले उनीहरु वालवालिकाको शिक्षा प्रति जिम्मेवार नभएको समेत पुष्टी गरेको टिप्पणी गर्न थालिएको छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.