logo

सातौ गोपाल गोतामे पत्रकारिता पुरस्कार भोला पासवानलाई प्रदान

      2/14/2018 गते 00 00 मा प्रकाशित     1172   पटक पढिएको

वीरगंज, २ फागुन । 
    सातौं गोपाल गोतामे पत्रकारिता पुरस्कार सप्तरीबाट प्रकाशित कञ्चनपुर साप्ताहिकका सम्पादक भोलाकुमार पासवानलाई प्रदान गरिएको छ । 


    नेपाल पत्रकार महासंघ, पर्सा शाखाको सभाकक्षमा आज पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान, वीरगंजले आयोजना गरेको कार्यक्रममा वीरगंज महानगरका मेयर विजय सरावगीले १ तोला सुन मेडल, प्रमाणपत्रद्वारा पासवानलाई पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर सरावगीले आफ नो जमानाको चर्चित पत्रकार गोपाल गोतामेको स्मरणमा प्रतिष्ठानले प्रदान गर्दै आएको पुरस्कारको सराहना गरे । उनले तत्कालीन अवस्थामा पञ्चायत शासनविरुद्ध लडेर जनमुखी पत्रकारिता गरेका गोपाल  गोतामेलाई बिर्सन नसकिने बताए । उनले प्रतिष्ठानलाई जीवन्त राख्नको लागि आफनो तर्फबाट हुने सक्दो सहयोगको आश्वासन दिए । 


    सांसद प्रदीप यादवले लोकतन्त्रको पक्षमा कलम चलाएर गोपाल गौतमले नाम कमाएको र पत्रकारिता पेशालाई उचाइ पु¥याएको बताउ“दै उनको स्मरणमा स्थापित पुरस्कार पाउनु भनेको सौभाग्यको कुरा भएको बताउ“दै पुरस्कृत पासवानलाई बधाई ज्ञापन गरेका थिए । उनले मूलधारमा पत्रकारिता गर्नेहरुको आर्थिक अवस्था कमजोर रहेको आपूmले पाएको बताए । 


    पुरस्कार वितरण कार्यक्रममा सांसद यादवले मधेस आन्दोलनको परिणाम प्रदेशको मुख्यमन्त्री, सभामुख र दुवै संसदीय दलको नेता वीरगंज आसपासका व्यक्ति भएको उल्लेख गरे । उनले वीरगंजले पाउने कुरा अझ धेरै बा“की रहेको बताए ।

सांसद यादवले प्रादेशिक संरचनामा तुषारापात गर्ने उद्देश्यले नया“ नागरिकता लिएका नवनागरिकहरुबाट जातीय र भौगोलिक, भाषिक कुराहरुको उठान भइरहेको आरोप लगाए । 


    पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले क्याम्पसमा अध्ययन गर्दा मातृभूमि पत्रिकाको पछाडिको पा ता आपूmहरुले अध्ययन गरेको बताए ।

उनले त्यतिखेरका चर्चित पत्रकारको नाममा स्थापित पुरस्कार मधेसमा दलितहरुको पीडा बुझेका व्यक्तिलाई प्रदान गरेकोमा खुशी  व्यक्त गरे । उनले मधेसका दलितहरु देशका अन्य दलितहरु धेरै पीडित भएको बताए । 


    प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष्ँ चन्द्रकिशोर झाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए ।

कार्यक्रममा पत्रकार गोपालचन्द्र गौतमको बारेमा प्राध्यापक बालगोपाल थापाले आप्mनो स्मरण सुनाएका थिए । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव केसी लामिछानेले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.