logo

शिक्षकहरुको आन्दोलन फिर्ता,तलव निकासा नभए काठमाण्डौ जाने सहमती

      2/14/2018 गते 00 00 मा प्रकाशित     883   पटक पढिएको

वीरगंज, २  फागुन ।
तलबभत्ता बिद्यालयले पाउने अन्य सेवा सुविधाको मागगर्दै पर्साका शिक्षकहरुले सुरु गरेका आन्दोलन वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको पहलमा स्थगीत भएको छ । 
बुधबार देखी नगरका सम्पूर्ण विद्यालयहरुबन्द गरेर शिक्षकहरुले सुरु गरेको आन्दोलन महानगरपालीकासगं भएको वार्ता पछि स्थगीत भएको हो ।   

तलब भत्ता र विद्यालय अनुदानका रकमहरु विद्यालय खातामा पठाउनु पर्ने मागलिएर महानगरपालीका घेराउगर्न गएका सामुदायिक विद्यालयका शिक्षकहरुको समस्या समाधानको लागि  नेपाल शिक्षक महासंघका पदाधिकारी, नगर प्रमुख विजयकुमार सरावगी, उपप्रमुख शान्ती कार्कि र प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद रेग्मी, वरिष्ठ अधिकृत सुमन श्रेष्ठको उपस्थितीमा भएको छलफल मा सहमती भएपछि शिक्षकहरुले आन्दोलन स्थगीत गरेका हुन् ।

नेपाल शिक्षक महासंघ पर्सा  र वीरगंज महानगरपालिकाविचभएको ४ बुन्दे सहमती पछि आन्दोलन स्थगीत गरिएको महासंघ पर्साका अध्यक्ष तिर्थराज प्रसाद यादवले बताए ।

 शिक्षाकार्यालय पर्साबाट शिक्षकहरुको दरबन्दी लगायत अन्य विषयहरुलाइ व्यवस्थित गर्न शिक्षक राजन दासलाइ केही समयको लागि महानगपालीकामा काजमा खटाउने, महानगपालीकाले तलब र अन्य सुविधा निकासाको लागी मन्त्रालयमा पहल गर्ने लगायत ४ बुन्दे सहमती भएको महानगपालीकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद रेग्मीले बताए  । 

उहाले शिक्षामन्त्रालयले फागुन ६ गतेसम्म शिक्षकहरुको तलब निकासा नगरे महानगपालीकाको नेतृत्वमा शिक्षकमहासघंको प्रतिनिधि समेतको टोली राजधानीमा जाने सहमती समेत भएको बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.