logo

बहुदरामाई नगरपालिकामा ३३ करोड बजेट बिनियोजन

      2/14/2018 गते 00 00 मा प्रकाशित     1203   पटक पढिएको


बीरगंज २ फागुण । पर्साको बहुदरा माई नगरपालिकाको प्रथम नगर सभा आज सम्पन भएको छ ।

 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले एक समारोहका बीच नगरसभाको उदघाटन गर्नु भयो ।

 

नगर सभामा आर्थिक वर्ष २०७४ ÷ ७५ का लागि ३३ करोड ६५ लाखको २७ हजारको बजेट तथा निति कार्यक्रम प्रस्तुत भएको छ । कुल बजेट मध्ये १७ करोड चालु तथा १६ करोड पुजिगत तर्फ खर्च हुने योजना रहेको छ ।

 

बहोदरा माई नगर प्रमुख नितेन्द्र साहको अध्यक्षतामा सम्पन उदघाटन समारोहमा कांग्रेस पर्साका सभापति अजय द्धिवेदी , पूर्व सांसद सुरेन्द्र चौधरी , कांग्रेस पर्साका सचिव श्याम पटेल , रामरुप कुर्मी ,पर्सागढी नगरपालिका प्रमुख लोकनरायण यादव , उपप्रमुख अर्चना चौधरी , नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष केसी लामिछाने लगायतकाले शुभकामना  मन्तव्य राख्नु भयो ।

 

कार्यकारी अधिकृत भानुभक्त बरालले स्वागत मन्तव्य राखनु भएको कार्यक्रमको संचालन अलिअसगर देवानले गर्नु भएको थियो । उदघाटन समारोहमा मात्र कांग्रेसकै अतिथी निम्तयाएकोमा बहोदरा माई नगरपालिकाका ६ वटा वडाका अध्यक्ष तथा सदस्यहरुले उदघाटन समारोहलाई बहिष्कार गर्नु भएको थियो ।

 

वडा नम्बर १ का अध्यक्ष प्रमोद प्रसाद यादव , वडा नम्बर २ का अध्यक्ष जितेन्द्र पटेल , वडा नम्बर ४ का अध्यक्ष रामरेखा सिंह, वार्ड नम्बर ५ का अध्यक्ष रामेश्वर प्रसाद कानु , वडा नम्बर ६का अध्यक्ष केदार तिवारी , वडा नम्बर ८ का अध्यक्ष पुनीलाल साह तेली लगायत सदस्यहरुले उदघाटन समारोह बहिष्कार गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.