logo

प्रधानमंत्रीमा ओली  र मुख्यमंत्रीमा गद्धी नियुक्त भएकोमा बीरगंजमा दीपावली

      2/15/2018 गते 00 00 मा प्रकाशित     1317   पटक पढिएको


बीरगंज ३ फागुण ।नेकपा एमालेका अध्यक्ष एवं बामगठबन्धनका नेता के.पी.ओली नेपालको ४१ औ प्रधानमंत्रीको रुपमा नियुक्त भएकोमा बीरगंजमा दीपावली गरिएको छ । 

 


नेकपा एमाले निकट बिदार्थी र युवाहरुले बीरगंजको घण्टाघरमा दीपावली गरेका हुन । नेपालको समृद्धिको सपना देखाएर आशा संचार गराउने र स्वाभिमानको लडाई लडेका ओली प्रधानमंत्री भएकोमा युवा बिद्यार्थीहरु उत्साहित भएका छन ।

 

अनेरास्ववियु ,युवा संघले प्रधानमंत्री ओलीलाई शुभ कामना दिदै राष्ट्र निर्माणको आयिानमा प्रधानमंत्रीको नेतृत्वलाई स्थापित गर्न लागि पर्ने प्रतिवद्धता जनाएका छन । 

 


कार्यक्रममा एमाले पर्साका संयोजक प्रभू हजरा,युवा नेताहरु सुदीप लामा अरुण यादव ,सन्तोष पासवान,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बृजलाल पासवान अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

 


यसैगरि प्रदेश नंम्बर २ को मुख्यमंत्रीमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्धी नियुक्त भएकोमा लक्षुमनवामा युवाहरुले दीपावली गरेका छन । गद्धी पर्साको क्षेत्र नं १ को प्रदेश सभा “ख” बाट बिजयी भएका हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.