logo

संघीय प्रेस फोरमको अध्यक्षमा पटेल चयन

      2/16/2018 गते 00 00 मा प्रकाशित     1253   पटक पढिएको


बीरगंज ४ फाल्गुण ।
संघिय प्रेस  फोरम पर्साको अध्यक्षमा पत्रकार आर.के.पटेल चयन भएका छन । शुक्रवार बीरगंजमा आयोजना गरिएको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

 

भेलामा संघीय  समाजवादी फोरम नेपाल पर्साका अध्यष एवं पर्सा क्षेत्र नं १ बाट निर्वाचित सासद प्रदीप यादवले प्रेस फोरमको कार्य समिति तथा सल्लाहकारहरुको घोषणा गरेका थिए । 

समितीको उपाध्यक्षमा श्याम कुशवाहा , लालबाबु बानिया, सचिवमा आशु सर्राफ, सहसचिव अंजुकुमारी महतो, कोषाध्यक्ष राम कुशवाहा, सदस्यहरुमा एनी कुंवर, दिपक ठाकुर ,हेमन्त तमाड, निखिल वर्णवाल, प्रमोद यादव ,जनाब आलक, संतोष साह, मनिषा श्रेष्ठ लगायतका रहेका छन ।

 

यसैगरि राम सर्राफको संयोजकत्वमा रहेको सल्लाहकार समितिमा अनिल तिवारी , विजय कुशवाहा, ध्रुव साह , चन्द्र भुषण साह रहेका छन् । घोषणा सभालाई सम्बोधन गर्दै सांसद प्रदिप यादवले प्रेस फोरम पर्साको पत्रकारीता मर्यादित तथा व्यवस्थित बनाउन अग्रसर हुन पर्ने सुझाव दिए।

 

नेपाल पत्रकार महासंघ पर्सा संग समन्यव्य गरि पत्रकारिताको विकाश र उत्थानकालागि फे्रस फोरमले आफनो भुमिका खेल्ने यादवको भनाई थियो । कार्यक्रममा सांसद हरिनरायण रौनियार , बीरगन्ज महानगर प्रमुख बिजय सरावगी , जिल्ला समन्वय समिती पर्साका सभापति नेक महमद , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी , प्रेस सेण्टरका अध्यक्ष निरज पिठाकोटे लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। आर.के .पटलेले सहजीकरण गरेको कार्यक्रममा ध्रुब साहले स्वागत मन्तव्य राखेका थिए ।

 

प्रेस फोरम गठन संगै कांग्रेस निकटको प्रेस युनियनलाई ठुलो धक्का लागेको छ । युनियनको कोषध्यक्ष रहेका राम कुशवाहाको अगुवाईमा कार्यसमितिका आधा दर्जन सदस्यहरु संघिय प्रेस फोरममा आवद्ध भएपछि युनियनलाई ठुलो झटका लागेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

गोलबजारको विद्यालयमा अध्यक्षको मनोमानी,स्थानीय आक्रोशित

सिरहा । विद्यालयजस्तो संवेदनशील शैक्षिक क्षेत्रलाई निजी कार्यक्रम सञ्चालनको स्थल बनाइएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.