logo

संघीय प्रेस फोरमको अध्यक्षमा पटेल चयन

      2/16/2018 गते 00 00 मा प्रकाशित     1403   पटक पढिएको


बीरगंज ४ फाल्गुण ।
संघिय प्रेस  फोरम पर्साको अध्यक्षमा पत्रकार आर.के.पटेल चयन भएका छन । शुक्रवार बीरगंजमा आयोजना गरिएको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

 

भेलामा संघीय  समाजवादी फोरम नेपाल पर्साका अध्यष एवं पर्सा क्षेत्र नं १ बाट निर्वाचित सासद प्रदीप यादवले प्रेस फोरमको कार्य समिति तथा सल्लाहकारहरुको घोषणा गरेका थिए । 

समितीको उपाध्यक्षमा श्याम कुशवाहा , लालबाबु बानिया, सचिवमा आशु सर्राफ, सहसचिव अंजुकुमारी महतो, कोषाध्यक्ष राम कुशवाहा, सदस्यहरुमा एनी कुंवर, दिपक ठाकुर ,हेमन्त तमाड, निखिल वर्णवाल, प्रमोद यादव ,जनाब आलक, संतोष साह, मनिषा श्रेष्ठ लगायतका रहेका छन ।

 

यसैगरि राम सर्राफको संयोजकत्वमा रहेको सल्लाहकार समितिमा अनिल तिवारी , विजय कुशवाहा, ध्रुव साह , चन्द्र भुषण साह रहेका छन् । घोषणा सभालाई सम्बोधन गर्दै सांसद प्रदिप यादवले प्रेस फोरम पर्साको पत्रकारीता मर्यादित तथा व्यवस्थित बनाउन अग्रसर हुन पर्ने सुझाव दिए।

 

नेपाल पत्रकार महासंघ पर्सा संग समन्यव्य गरि पत्रकारिताको विकाश र उत्थानकालागि फे्रस फोरमले आफनो भुमिका खेल्ने यादवको भनाई थियो । कार्यक्रममा सांसद हरिनरायण रौनियार , बीरगन्ज महानगर प्रमुख बिजय सरावगी , जिल्ला समन्वय समिती पर्साका सभापति नेक महमद , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी , प्रेस सेण्टरका अध्यक्ष निरज पिठाकोटे लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। आर.के .पटलेले सहजीकरण गरेको कार्यक्रममा ध्रुब साहले स्वागत मन्तव्य राखेका थिए ।

 

प्रेस फोरम गठन संगै कांग्रेस निकटको प्रेस युनियनलाई ठुलो धक्का लागेको छ । युनियनको कोषध्यक्ष रहेका राम कुशवाहाको अगुवाईमा कार्यसमितिका आधा दर्जन सदस्यहरु संघिय प्रेस फोरममा आवद्ध भएपछि युनियनलाई ठुलो झटका लागेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.