logo

एमाले र फोरम सहमतीको नजिक ,दुई तिहाइ बहुमतको सरकार बन्ने 

      2/27/2018 गते 00 00 मा प्रकाशित     894   पटक पढिएको

काठमाण्डौ १५ फागुन । सम्बिधान संशोधनको बिषयमा नेकपा एमाले र संघीय समाजवादी फोरम नेपाल सहमतीको नजिक पुगेका छन ।संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागि गराउने पहल अन्र्तगत एमाले सम्बिधान संशोधनमा सहमत भएको हो ।

 

सरकार संचालनकालागि सुविधा जनक बहुमत भएपनि एमालेले फोरमलाई सरकारमा सहभागि गराएर दुई तिहाइ बहुमतको सरकार बनाउन खोजेको हो ।

विकास र समृद्धिको मुख्य एजेन्डासहित नयाँ सरकारको नेतृत्व गरेको एमाले मधेसको राजनीतिक मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधन गरी दुई तिहाइ बहुमतको सरकार चलाउने दिशामा अघि बढेको एक नेताले बताए। फोरमसहित राजपालाई समेत सरकारमा ल्याएर विश्वासमा लिँदै प्रदेश २ मा लामो समयदेखि मधेस आन्दोलनले उठाएका राजनीतिक मागलाई सम्बोधन गर्न एमालेले अग्रसरता देखाएको हो। 

 

माओवादी केन्द्रसँगको पार्टी एकता र नयाँ सरकार विस्तारलाई सँगसँगै अगाडि बढाइरहेको एमालेले पछिल्लो समय अनौपचारिक कार्यदल बनाएर फोरमसँग निरन्तर संवाद गरिरहेको छ। एमालेबाट सुवासचन्द्र नेम्वाङसहितको टोलीले फोरमका नेतासँग भेट गरी संविधान संशोधनको मिलन बिन्दु खोज्ने प्रयास गरिरहेका छन्।

संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले छलफलले सहमतीका बिन्दु फेला पारेको संकेत गरेका छन । उनले चाडै सहमतीको बिन्दुहरु तयार पारिने समेत बताए ।

 

कार्यदलले तयार गरेको फाइनल ड्राफ्टमा दुवै दलका शीर्ष नेताले हस्ताक्षर गरेपछि फोरम नयाँ सरकारमा सहभागी हुने वातावरण बन्ने नेता श्रेष्ठले बताए। आजै सहमतीको ड्राफ्ट बन्ने तयारी गरिएको छ ।

 

संविधान संशोधनप्रति असहमती राख्दै आएको एमाले बदलिँदो शक्ति सन्तुलनसँगै संविधान संशोधनमा लचक देखिँदै आएको छ। एमालेसँग पार्टी एकताको निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत मधेसको माग सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने धारणा राख्दै आएका छन्।

 

त्यसैको प्रयास स्वरुप संविधान संशोधनमा सहमती गर्दै फोरमलाई सरकारमा ल्याएर दुई तिहाईको सरकार बनाउने वाम गठबन्धनको योजना छ।

फोरम अध्यक्ष यादवले नयाँ सरकारमा सहभागी हुन संविधान संशोधनमा लिखित सहमती माग गरेपछि दुवै पक्षबाट अनौपचारिक कार्यदलले सहमतीको प्रयास जारी राखेको हो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.