logo

एमाले र फोरम सहमतीको नजिक ,दुई तिहाइ बहुमतको सरकार बन्ने 

      2/27/2018 गते 00 00 मा प्रकाशित     734   पटक पढिएको

काठमाण्डौ १५ फागुन । सम्बिधान संशोधनको बिषयमा नेकपा एमाले र संघीय समाजवादी फोरम नेपाल सहमतीको नजिक पुगेका छन ।संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागि गराउने पहल अन्र्तगत एमाले सम्बिधान संशोधनमा सहमत भएको हो ।

 

सरकार संचालनकालागि सुविधा जनक बहुमत भएपनि एमालेले फोरमलाई सरकारमा सहभागि गराएर दुई तिहाइ बहुमतको सरकार बनाउन खोजेको हो ।

विकास र समृद्धिको मुख्य एजेन्डासहित नयाँ सरकारको नेतृत्व गरेको एमाले मधेसको राजनीतिक मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधन गरी दुई तिहाइ बहुमतको सरकार चलाउने दिशामा अघि बढेको एक नेताले बताए। फोरमसहित राजपालाई समेत सरकारमा ल्याएर विश्वासमा लिँदै प्रदेश २ मा लामो समयदेखि मधेस आन्दोलनले उठाएका राजनीतिक मागलाई सम्बोधन गर्न एमालेले अग्रसरता देखाएको हो। 

 

माओवादी केन्द्रसँगको पार्टी एकता र नयाँ सरकार विस्तारलाई सँगसँगै अगाडि बढाइरहेको एमालेले पछिल्लो समय अनौपचारिक कार्यदल बनाएर फोरमसँग निरन्तर संवाद गरिरहेको छ। एमालेबाट सुवासचन्द्र नेम्वाङसहितको टोलीले फोरमका नेतासँग भेट गरी संविधान संशोधनको मिलन बिन्दु खोज्ने प्रयास गरिरहेका छन्।

संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले छलफलले सहमतीका बिन्दु फेला पारेको संकेत गरेका छन । उनले चाडै सहमतीको बिन्दुहरु तयार पारिने समेत बताए ।

 

कार्यदलले तयार गरेको फाइनल ड्राफ्टमा दुवै दलका शीर्ष नेताले हस्ताक्षर गरेपछि फोरम नयाँ सरकारमा सहभागी हुने वातावरण बन्ने नेता श्रेष्ठले बताए। आजै सहमतीको ड्राफ्ट बन्ने तयारी गरिएको छ ।

 

संविधान संशोधनप्रति असहमती राख्दै आएको एमाले बदलिँदो शक्ति सन्तुलनसँगै संविधान संशोधनमा लचक देखिँदै आएको छ। एमालेसँग पार्टी एकताको निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत मधेसको माग सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने धारणा राख्दै आएका छन्।

 

त्यसैको प्रयास स्वरुप संविधान संशोधनमा सहमती गर्दै फोरमलाई सरकारमा ल्याएर दुई तिहाईको सरकार बनाउने वाम गठबन्धनको योजना छ।

फोरम अध्यक्ष यादवले नयाँ सरकारमा सहभागी हुन संविधान संशोधनमा लिखित सहमती माग गरेपछि दुवै पक्षबाट अनौपचारिक कार्यदलले सहमतीको प्रयास जारी राखेको हो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

किरण साहको हिरासत अवधि थपियो

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवाद सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहलाई जिल्ला अदालत पर्साले थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यससँगै साहको हिरासत अवधि लम्बिएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.