logo

वीरगन्ज राजधानी संघर्ष समितिद्वारा थप आन्दोलनको घोषणा २८ गते बीरगंज बन्द

      2/27/2018 गते 00 00 मा प्रकाशित     1457   पटक पढिएको


वीरगंज, १५ फागुन । बीरगंज राजधानी संघर्ष समितिले  थप आन्दोलनको घोषणा गरेको छ । राजधानी बनाउनकालागि गरिएको रिले अनशनको ५७ औं दिनका दिन नयाँ कार्यक्रमको घोषणा गरेको हो । प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई बनाउनको लागि जारी आन्दोलन थप प्रभावकारी र शसक्त पार्दै आम हडतालमा जाने निर्णय गरेको संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले जानकारी दिए ।

 

मंगलबार बसेको संघर्ष समितिको बैठकले रिले अनशनमा जिम्मेवार निकायले कुनै चासो नदिएको भन्दै समितिले फागुनको २३ र २४ं गते स्थानीय निकायहरुमा जनप्रदर्शन गर्ने त्यसको माध्यमले आन्दोलनको बिबिध पक्षको बारेमा जानकारी गराउने र सहभागिताको लागि सबैलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । 


२५ र २६ गते सर्बदलीय बृहद् छलफल तथा अन्तरक्रिया गर्ने, २७ गते मशाल जूलुस र २८ गते आम हडताल तथा बीरगंज बन्द गर्ने निर्णय गरेको छ ।


त्यस्तै रिले अनशनलाई पनि निरन्तरता दिने बैठकले निर्णय गरेको छ । यसैबीच वीरगंजलाई प्रदेश नं. २ को राजधानी बनाउन माँग गर्दै बिगत ५६ दिन देखि बस्दै आएको रिले अनशन स्थलमै संर्घष समितिले होली मिलन समारोह गरेको छ ।
 



नेपाली कांग्रेसका नेता बिजय सर्राफको अध्यक्षतामा सम्पन्न होली मिलन समारोहमा ं संर्घष समितिका संयोजक सुरेन्द्र चौधरी सह संयोजक राजकुमार गुप्ता, वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति काकीसमितिका सदस्य बसरुदिन अंसारी, बाबुराम कौशिक, श्याम पटेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष के.सी.लामिछाने लगायतले होलीको शुभकामना दिएका थिए ।


सरकारले संर्घष समितिको मागलाई वेवास्ता गरे परिणाम भयावह हुने चेतावनी दिदै वीरगंजलााई राजधानी घोेषणा गर्न सह संयोजक गुप्ताले आग्रह गरे । घण्टाघरमा आयोजित समारोहमा नेपाली निरउआ गायक, भोजपुरी गायक सुनिल पंडित लगायत स्थानिय कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्ुतुत गरेका थिए । कार्यक्रमको सहजीकरण मनोज चौधरीले गरेका थिए ।

कनर्यक्रममा समितिका  सचिब श्याम पटेल, अरबिन्द गुप्ता, लोकेश सिंह, बाबुराम कौशिक, मनोज चौधरी, बसुरुद्दिन अन्सारी, तेजप्रकाश निसाद, ध्रुव कुशवाहा, युवा नेता अकलेश साह लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.