फागुन १६बीरगंज ।
अज्ञात समुहले हानेको गोली लागेर बीरगंजमा बिन्दवासीनी गाउँपालिकाको झौवागुठी निवासी ३५ वर्षिय उमेश चौरसिया घाइते भएका छन ।
उनलाई रातको करिव सवा ९ बजेको समयमा प्यासन प्रो मोटरसाइकलमा आएको ब्यक्तिले गोली हानेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय अगाडि रहेको पुरानो यातायात संस्थानको रातो बंगलाको पछाडि पट्टी चौरसियालाई गोली हानीएको हो ।
प्रदेश नम्बर २ को शिक्षामंत्री उषा यादवको घर पनि घटनास्थल नजिकै रहेको छ । चौरसियाको पेटमा गोली लागेको छ । उनलाई उपचारकोलागि बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको भएपनि उपचारमा कठिनाई भएपछि थप उपचारकालागि काठमाण्डौ लान रेफर गरिएको छ ।
चौरसियाको पेटबाट रक्तवहाव नरोकिएकोले उनको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । उनलाई काठमाण्डौ लैजाने तयारी भइरहेको छ । घटनाका सम्बन्धमा अहिले पर्सा प्रहरीले केही बोलेको छैन ।
तपाईको प्रतिक्रिया