logo

श्रीमानलाई मार्ने षडयन्त्रमा श्रीमती,अर्कैसंग घरजम गर्न खोज्दा कालकोठरीको बास

      3/1/2018 गते 00 00 मा प्रकाशित     624   पटक पढिएको

बीरगंज १७ फागुन । 
गएराती बिन्दवासीनीको झौवागुठीका उमेश चौरसियालाई गोली हान्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनीक समेत गरेको छ ।

 

पक्राउ पर्नेमा  बारा जिल्लाको परवानीपुर गाउँपालिका २७ वर्षिय मनोज गुप्ता बीरगंज महानगरमालिका वडा नं १२ बस्ने २५ वर्षिय मुन्ना साह र घाइते चौरसियाकी श्रीमती प्रियंका चौरसियालाई रहेका छन ।

घाइते चौरसिया कामको सिलसिलामा बिदेश रहदाखेरी नै अनमी अध्ययन गरेकी चौरसिया बीरगंजको अपलो ट्रमा सेन्टरमा सिएमए अध्ययन गरि कार्यरत बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं १ बस्ने २४ वर्षिय बिकेन्द्र कुमार गुप्तासंग प्रेममा परेकी थिइन ।

तिनै बिकेन्द्र प्रियंकाले श्रीमान उमेश चौरसियालाई आफनो बाटोबाट हटाउन हत्याको योजना बनाए अनुसरा उनीमाथि गोली प्रहार भएको पर्सा प्रहरी प्रमुख डा.गणेश रेग्मीले बताउनु भयो ।

बिकेन्द्रले आफनो प्रेमीको पतिको हत्याकालागि मनोज गुप्तालाई २५ हजार रुपैया दिएका थिए । गुप्ताले त्यही पैसाबाट एउटा १२ बोरको कटुवा बन्दुर किनेको प्रहरीले जनायो ।

       बुधवार घटना भएको दिन उमेश चौरसिया बुटवलबाट बीरगंज घर फर्कदै थिए । उनी काहा आए कुन बाटो आउदै छन भन्ने कुराको सूचना अभियुक्तहरुलाई प्रियंकाले नै सूचना दिने गरेको प्रहरीले जनायो । आफनो श्रीमान संग मोवाइलमा कुरा गर्ने अनी त्यो सूचना अभियुक्तहरुलाई प्रियंकाले नै दिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरिक्ष डा.रेग्मीले बताउनु भयो ।

       प्रहरीले अभिुक्त चौरसियालाई श्रीमानको उपचारमा काठमाण्डौ गएकोले त्यहीबाट र अन्यलाई बीरगंज महानगरको वडा नं ४ बिर्ताबाट पक्राउ गरेको हो ।

 

घटनामा प्रयोग भएको बन्दुक प्रहरीले बीरगंज महानगरको वडा नं १२ मुलीबाट प्लास्टिकको बोरामा बेरेर खाल्टोमा पुरिएको अवस्थामा बरामद गरेको हो । अभियुक्तको साथबाट प्रहरीले पाँचथान मोवाइल समेत बरामद गरेको छ ।

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.