बीरगंज १८ फागुन ।
प्रहरीले पर्साको जिराभवानी गाउँ पालिका बाट काठ सहित दुइवटा साइकल नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय सेढवा बाट प्रहरी नायव निरीक्षक बिमल कुमार शाहीको नेतृत्वमा गएको प्रहरी गस्ती टोलिले जिराभवानी गाउ पालिका वार्ड नम्बर ३ को नौकाटोला बाट राती ३ बजेको समयमा साइकल सहित काठ नियन्त्रणमा लिएको हो ।
राष्ट्रीय बन क्षेत्रबाट रुख ढालेर ल्याउदै गर्दा १३ क्यूफिट सहितको गोलीया काठ सहित दुईवटा साइकील प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको गस्ती टोलीलाइ देख्ने बित्तिकै तस्करहरु काठ र साइकल छोडेर भागेकोले पक्राउ गर्न नसकिएको प्रहरी ले जनाएको छ ।
पक्राउ गरिएको काठ र साइकल थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय सेढवामा राखिएको प्रहरी ले जनाएको छ।
तपाईको प्रतिक्रिया