logo

समृद्धिको सपना देखेका मेयर डा.पौडेल खाका बोकेर पुगे मख्यमंत्री भेट्न

      3/3/2018 गते 00 00 मा प्रकाशित     1138   पटक पढिएको

सिमरा, १९ फाल्गुन।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसंग भेट गर्दै उपमहानगरको समग्र बिकाको अभियानमा साथ र सुझाव दिन आग्रह गरेका छन् । 

 


उपमहानगरको समृद्धिको आधार र सम्भावना बोकेर वीरगन्जस्थित मुख्यमन्त्री राउतको निजि निवास पुगेका नगर प्रमुख डा. पौडेलले मुख्यमन्त्रीमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै उपमहनगरको बिकास निर्माणको अभियानमा सकारात्मक ढंगले अघि बढ्न आग्रह गरे । सामथ्र्यतताको हिसाबले कमजोर देखिएको प्रदेश २ लाई समृद्ध बनाउन यसको माताहतमा रहेका स्थानीय निकाय समृद्ध हुन आवश्यक रहेको उनको भनाई थियो । 

 


पूर्वाधारको अवस्था कमजोर रहेको उपमहानगरमा थुप्रै सम्भावना रहेको बताउदै नगर प्रमुख डा. पौडेलले मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् ।

 

ध्यानाकर्षण पत्रमा डा. पौडेलले राष्ट्रिय गौरवका आयोजना, पर्यटन, उद्योग, प्राविधिक शिक्षालय, सुकुम्बासी तथा अब्यवस्थित बसोबासको समस्या, सडक संजाल, पुल, कृषी, सिचाईलगायतका बिषयमा प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन् ।

 


डा. पौडेलले ध्यानार्षणपत्रमा राष्ट्रिय गौरवका आयोजना दोस्रो अन्तरराष्ट्रिय विमानस्थल, काठमाण्डौ तराई एक्सप्रेस हाईवे, विशेष आर्थिक क्षेत्र (सेज), वीरगन्ज पथलैया औद्योगिक करिडोर, पथलैया वीरगन्ज प्रमुख ब्यापारिक मार्ग, पेट्रोलियम पाईपलाईन, पूर्वपश्चिम रेलवे, पर्सा राष्ट्रिय निकुञ्जलगायत विभिन्न आयोजनाका कारण जीतपुरसिमरामा बिकास र समृद्धिले छिटो गति लिन सक्ने हुदा प्रदेश सरकारले केन्द्र सरकारलाई पहल गर्नुपर्ने उल्लेख गरेका छन् ।

 


राष्ट्रिय गौरवका आयोजनासंगै पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर चुरियामाई, अमलेखगञ्ज, पथलैया र वीरगन्जलाई जोडेर पर्यटन हब बनाउन सकिने, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा रहेको क्षेत्रीय कृषी अनुसन्धान केन्द्रलाई कृषीमा आधारित बहु प्राविधिक शिक्षालयको रुपमा बिकास गर्न सकिने, अब्यवस्थित बसोबासलाई ब्यवस्थापन गर्न स्थानिय तहलाई संविधानले दिएको अधिकार कार्यान्यवनमा ल्याउन प्रदेश सरकारबाट पहल हुनुपर्ने, उपमहानगरभित्र प्रस्तावित दुई तहको चक्रपथ, सडक, पुल र अन्य पूर्वाधार निर्माणमा बजेटको ब्यवस्था गरिनुपर्ने, दोस्रो अन्तरराष्ट्रिय विमानस्थल प्रस्तावित क्षेत्र टांगियावस्तीको एक हजार चार सय ७६ घरधुरीको उचित ब्यवस्थापन गरिनुपर्नेलगायतका बिषयलाई डा. पौडेलले प्राथमिकतामा राख्न मुख्यमन्त्री राउतसंग आग्रह गरेका छन् । 

 


ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री राउतले बिकास निर्माणका काममा स्थानीय तहले देखाएको चासोबाट आफू खुशी भएको बताए । प्रदेश सरकार बनेपछि समग्र बिकासका लागि कसरी अगाडि बढ्ने भन्ने बिषयमा योजना बनाईरहेको भन्दै मुख्यमन्त्री राउतले जीतपुरसिमरा उपमहानगरको बिकासका लागि आफू सधै सकारात्मक रहने प्रतिबद्धता जनाए ।

 

अन्य स्थानीय तहको हकमा जीतपुरसिमरा उपमहानगर देखिएको भन्दै मुख्यमन्त्री राउतले समृद्धिको योजना बनाएर अघि बढ्न नगर प्रमुख डा. पौडेललाई आग्रह गर्दै आफू सहयोग गर्न तयार रहेको बताएका थिए । 

 


सोही क्रममा मुख्यमन्त्री राउतले टांगियावस्तीको समस्याका बारेमा नगर प्रमुख डा. पौडेलसंग जानकारी लिए । स्थानियको उचित ब्यवस्थापनसहित टांगियावस्ती अन्यत्र स्थानान्तरण गर्नका निम्ति आफूले पहल गर्ने मुख्यमन्त्री राउतले बताए ।

 

भेटमा उपमहानगरकी उपप्रमुख सरस्वती चौधरी र प्रशासन शाखा प्रमुख विरेन्द्र वाईवा उपस्थित थिए । यसैगरी नगर प्रमुख डा. पौडेलले वीरगन्जका मेयर बिजय सरावगी र उपप्रमुख शान्ती कार्कीसंग समेत भेट गरेका छन् । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.