logo

सुवर्णपुरमा मानव साङलो प्रर्दशन,गाउँपालिकाद्वारा आन्दोलनकारीलाई वार्तामा आउन अपिल

      3/3/2018 गते 00 00 मा प्रकाशित     693   पटक पढिएको

कृष्ण मोहन साह 
फागुन १९ सुवर्णपुर ।
पर्साको ठोरी गाउँपालिकाको सेवाकेन्द्र स्थानान्तरणको खारेजी माग गर्दै एक महिना देखी आन्दोलनरत सुवर्णपुर बासिले शनीवार मानव साङ्गलो कार्यक्रम सम्पन्न गरेका छन ।

 

मानव साङलोमा  महिला पुरुष बृद्ध बृद्धा युवायुवतीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सुबर्णपुर संघर्ष समितिले यता तेह्रौं दिनको रिले अनसन जारी राखेका छन ।

 

ठोरी गाउँपालिकाका बामगठबन्धनका गाउ ईकाइ  महिला सदस्य रूपा परियारको नेतृत्वमा आज  शुशिला भुजेल ,भद्रकला मगर , बबिता भुजेल  ,गिता लामिछाने  ,लगायत  रिले अनसनमा बसेका हुन। माग पूरा नहसदा सम्म रिले अनशन जारी रहने उपसंयोजक बिमल प्रधानले बताए ।

 

गाउ सभाले गत माघ १५गते सुवर्णपुरमा रहेको सेवाकेन्द्र ठोरी गाउँपालिकाको वार्ड नम्बर ४ घ्याङडाँडा मा सार्ने निर्णय गरेपछी सुवर्णपुरबासीहरू माघ १६गते देखी आन्दोलित भएका हुन ।

 

यसैवीच ठोरी गाउँपालिकाले आन्दोलनकारीलाई वार्तामा आउन आव्हान गरेको छ ।

 

गाउँपालिकाको तर्फबाट प्रवक्ता रामप्काशं कुंवरले एक हप्ता सम्मलाई आन्दोलन स्थगीत गरेर आन्दोलनकारीलाई वार्तामा आउन अपिल गर्दै शनीवार नै प्रेस बिज्ञप्ति जारी गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.