logo

राष्ट्रीय सभा र प्रतिनिधिसभाका सदस्यद्वारा शपथ ग्रहण

      3/4/2018 गते 00 00 मा प्रकाशित     1417   पटक पढिएको

काठमाण्डौ २० फागुन । 
प्रतिनिधिसभा सांसदहरुले आइतवार संसद भवनमा  सपथ ग्रहण गरेका छन्। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको प्रतिनिधि सभा  भवनमा प्रतिनिधिसभाका सदस्यहरुले  सपथ लिएका हुन्। 

सबै सासदहरुलाई राजपाका अध्यक्ष मण्डलका संयोजक प्रतिनिधि सभामा सबै  भन्दा जेष्ठ सदस्यका रुपमा रहेका नेता महन्थ ठाकुरले शपथ गराएका थिए ।  सांसदहरुले विभिन्न १० भाषामा सपथ ग्रहण गरेको संसद् सचिवालयले जनाएको छ। सपथ कार्यक्रममा कतिपय सांसदहरु आफ्नो जातीय वेशभूषामा संसद् भवन पुगेका थिए।

एमाले सांसद नवराज सिलवालले समेत सपथ लिएका छन्। सपथका लागि सिलवाल पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालको गाडीमा संसद् भवन गएका थिए। 


सपथमा राष्ट्रिय मान्यता पाएका दल एमाले, माओवादी केन्द्र, कांग्रेस, संघीय समाजवादी फोरम र राजपा नेपालका सांसदका साथै स्वतन्त्र हैसियतमा चुनाव जितेका सांसदहरु समेत उपस्थित थिए। प्रतिनिधि सभाका सदस्य माओवादी नेता टोप बहादुर रायमाझी, धर्मशिला चापागाई  राजपाका महेन्द्र राय यादव र रेशम चौधरी अनुपस्थित रहेका थिए ।
 त्यसैगरि राष्ट्रियसभाका सदस्यहरुले पनि आइतवारै सपथ लिएका छन्। प्रतिनिधिसभाका सांसदहरुले सपथ लिए लगत्तै नयाँ बानेश्वरस्थित  संसद् भवनमा राष्ट्रियसभाका सांसदहरुले समेत पद तथा गोपनीयताको सपथ लिएका हुन्। 

ज्येष्ठ सदस्यको रुपमा कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सपथ ग्रहण गराएकी थिइन्। ५६ जना निर्वाचित सदस्यले सपथ लिएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गरेका तीन जना सदस्यले भने सपथ लिन पाएनन्।

तीन सदस्यको नियुक्ति सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनीहरुले सपथ लिन नपाएका हुन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.