फागुन १७ बीरगंज ।
बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालले दिने सेवाका बिषयमा गम्भिर प्रश्न उब्जिएको छ ।
फागुन १६ पर्साको पटेर्ववा गाउँपालिका वडा नं ५ निचुटा निवासी १० वर्षिया एक बालिका बेलुका ६ बजे बलात्कृत भइन । उनलाई उपचारकोलागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरियो ।
१६ गते बेलुका अस्पताल भर्ना गरिएकी ति वालिकालाई २० त्याहा उपचार हुन नसक्ने भन्दै अन्यत्र लान रेफर गरेपछि काठमाण्डौ लगियो । काठमाण्डौको बसुन्धारामा रहेको ग्रिनसीटी अस्पतालमा उनको उपचार भइरहेको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारयण चौधरीले बताए ।
ति वालिकालाई उपचारको लागि नारायणी यपक्षेत्रीय अस्पतालमा भर्ना गैरजिम्मेवार तरिकाले उपचार गरिएको छ । वालिकाको पाठेघरमा समेत चोट लागेको झिल्ली फाँटेको कुरालाई बीरगंजका चिक्तिस्कले ध्यान नदिएको काठमाण्डौमा उपचारको क्रममा खुलेको छ ।
बीरगंज यौनअंगको च्यातिएको भाग सिलाउने काम मात्र गरिएको भित्र भएको घाउँहरुको कुनै उपचार नभएकोले इन्फेक्सन बढदै गएको काठमाण्डौमा उपचारमा संलग्न चिकित्सले बताए ।
काठमाण्डौमा ति वालिकाको अप्रेशन भएको र उनको स्वास्थ्य अवस्थामा सुधार आएको रक्षा नेपालकी सावित्री सुवेदीले जानकारी दिइन ।
नारायणी उपक्षेत्रीय अस्पतालको सेवा गुणात्मक नभएको र त्याहाका चिकित्सक माथि कसरी बिश्वास गर्ने भन्ने प्रश्न उठेको अध्यक्ष चौधरीले बताए । ति वालिकाको उपचारमा सहयोग पु¥याउन र अवस्था बुझ्न गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी र उपाध्यक्ष ममता महतो काठमाण्डौमा छन ।
तपाईको प्रतिक्रिया