logo

उत्पादक तथा आपूर्तीकर्तालाई उपभोक्ताको  हितमा जिम्मेवार बन्न कन्जुमर आइको आग्रह

      3/5/2018 गते 00 00 मा प्रकाशित     586   पटक पढिएको

बीरगंज २१ फागुन ।
कन्जुमर आइ नेपाल पर्सा शाखाको बैठक सोमवार बीरगंजमा सम्पन्न भएको छ ।

 

उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील कन्जुमर आइ नेपालले चैत्र १ गते बिश्व उपभोक्ता दिवस भब्य रुपमा मनाउने निर्णय गरेको छ ।

 

शाखाका अध्यक्ष के.सी.लामिछानेको अध्यक्षतामा बसेको बैठकले उपभोग्य बस्ुतमा मनपरी हिसावले भएको मूल्यबृद्धि प्रति चासो ब्यक्त गरेको छ ।

 

बजारको अनुगमन ,मूल्यको बिश्लेषण र कतिपय अवस्थामा निर्धारणको समेत अधिकार पाएको जिल्ला स्तरीय अनुगमन समिति सेलाएकोमा पनि बैठकले चिन्ता ब्यक्त गरको छ ।

 


    उपभोक्ताको अधिकारलाई नेपालको सम्बिधानले मौलीक हकको रुपमा ब्यवस्था गरेको तथ्यलाई स्मरण गर्न आजको दिनमा आवश्यक रहेको छ ।

 

बैठकले जनताको घरमा आएको सिंहदरवार र त्याहा रहेका जनप्रतिनिधिहरुले सम्बैधानिक रुपमा गरिएको ब्यवस्थालाई ब्यवहारिक रुपमा कार्यान्वयन गराउने दिशामा काम नगरेको प्रति ध्यानाकर्षण गराउने निर्णय गरेको सचिव गिता भण्डारीले जानकारी दिइन ।

 


    बैठकले उपभोक्ताको अधिकारको बिषयमा जिम्मेवार र जवाफदेशी बन्न उत्पादन तथा आपूर्तीकर्ताहरुलाई आग्रह समेत गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.