वीरगञ्ज २३ फागुन । वीरगञ्ज महानगरपालिका १६ भेडियारीमका आगलागि पीडितलाई नेपाल रेडक्रस सोसाइटी पर्साले राहत सामाग्री उपलब्ध गराएको छ ।
शाखाका सभापति फूलमम्हमद मियाले आगलागिबाट नोक्सानी ब्यहोर्नु परेका पाँच परिवारलाई एक सेट राहत सामाग्री उपलब्ध गराइएको बताए ।
त्रिपाल,एक सेट पकाउने भाडा,साडी र धोती (मर्दानी) बाल्टी डोरी लागायतका सामाग्री राहत स्वरुप उपलब्ध गराइएको हो । बिहान भएको आगलागीमा स्थानीय रामाशिष मल्लिकको घर सहित अन्य चार जनाको खरको छाप्रो नष्ट भएको हो ।
बुधवार बिहान २ बजेबाट आगलागि भएको हो । आगलागिका कारण रामाशिषसँगै नागेन्द्र, राजेश्वर, छोटेलाल, र मोतिलाल मल्लिक परिवारको विचल्ली भएको स्थानीय बासिन्दाले जनाएका छन् ।
आगलागीमा परी घरमा रहेको नगद, गरगहना, लत्ता कपडा लगायत अन्य सम्पूर्ण समान नष्ट भएको छ ।
२ बजेबाट सुरु भएको आगलागी वीरगञ्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पौने ५ बजेतिर नियन्त्रणमा आएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले आगलागीमा ८ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको बताए ।
आगलागि पीडतकालागि बिहान गुरु नानक सेवा प्रतिष्ठान नेपालको सहयोगमा बिहानका खानाको व्यवस्था गरिएको थियो ।
तपाईको प्रतिक्रिया