logo

रेडक्रस, मानवीय सेवामा बिशवास प्राप्त अग्रणी संस्थाः प्रजिअ सिंह

      3/8/2018 गते 00 00 मा प्रकाशित     841   पटक पढिएको

बीरगंज २४ फागुन । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको ५० औ जिल्ला अधिवेशन बिहिवार बीरगंजमा सम्पन्न भएको छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले मानवीय सेवामा समर्पित अग्रणी संस्था रेडक्रस सोसाइटी रहेको बताए ।

 

उनले निष्पक्षता र बिश्वासनीयताको आधार निर्माण गर्न रेडक्रस सफल भएको उनले बताए । 
    नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले नेपाल रेडक्रस सोसाइटी जस्तो संस्था कुनै कारणले पनि विवादमा आउन नहुने बताए ।

 

हिजोका दिनमा केही समस्याहरुका कारण नेपाल रेडक्रस सोसाइटीमाथि प्रश्न उठेको स्मरण गर्दै आउने दिनमा यो सबै कुरामा सुधार हुन जरुरीछ ।

 


    कार्यक्रममा बीरगंज उधोग बाणिज्य संघका कार्यवाहक अध्यक्ष सुवोध गुप्ता, नेपाल रेडक्रस सोसाइटी पर्साका पूर्व अध्यक्ष राम बहादुर थापा लागायतले मन्तब्य ब्यक्त गरेका थिए । 

 


कार्यक्रममा यो वर्ष सबै भन्दा बढी रक्तदान गर्ने बीरगंज युवा सामाज र रेडियो बीरगंजलाई स्वा तारा शम्शेर जवरा स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

 

यो वर्ष उत्कृट काम गरेको भन्दै बिरुवागुठी उपशाखालाई पुरस्कृत गरिएको थियो । त्यसैगरि पोखरिया उपशाखा,बिश्रामपुर उपशाखा र रामनगरि उपशाखामा पनि पुरस्कृत भएका थिए । त्यसै गरि रेडक्रस अभियानलाई सहयोग गर्ने बिभिन्न निकाय र उत्कृष्ट प्रर्दशन गर्ने रेडक्रसका कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको थियो । 

 


कार्यक्रममा रेडक्रसका मंत्री बीरेन्द्र कडेलले प्रगती प्रतिवेदन र महन्थ यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रम रेडक्रस सोसाइटीका सभापति फूल महम्मद मियाको अध्यक्षता तथा बिनोद गिरीको संचालनमा सम्पन्न भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

किरण साहको हिरासत अवधि थपियो

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवाद सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहलाई जिल्ला अदालत पर्साले थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यससँगै साहको हिरासत अवधि लम्बिएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.