logo

उन्चालीस दिनपछि बीरगंज ठोरी खण्डमा चल्न थाले सावारीहरु

      3/8/2018 गते 00 00 मा प्रकाशित     994   पटक पढिएको

बीरगंज २५ फागुन। 

गत माघ १६ गतेदेखि बिरगंज ठोरी सडक खण्डमा चल्न नपाएका यात्रुबाहक सवारी शुक्रवार ३९ औ दिनदेखि पुनः चल्न थालेका छन् ।आज बिहानदेखि नै आठघरे,ब्रम्हानगर र ठोरी लगायतका ठाउँहरुबाट बीरगंजका लागि यात्रुबाहक बस र टाटासुमो छुटेका हुन् ।

 

गत माघ १६ गतेदेखि ठोरी गाउँसभाको पहिलो बैठकको निर्णय खारेजीको माग राखेर आन्दोलनरत सुवर्णपुरबासीले बन्द आव्हान गरेकोले यातायात संचालन हुन सकेको थिएन ।

 

गत  माघ १८ गतेदेखि नै गाउँपालिकाको मध्य भागमा सेवा केन्द्र हुनुपर्ने माग राखेर गरेको आन्दोलनका कारण अबरुद्ध सवारी संचालन स्थानीय सरकारले छुट्टाछुट्टै कार्यदल बनाएर हल गर्ने सहमति गरेसंगै भाडाका सवारी चल्न थालेका हुन् ।

गत मंगलबार सुवर्णपुरका आन्दोलनकारी संग रेडियोबिजयबस्तिको कार्यालयमा भएको वार्तामा अधिकार सम्पन्न उच्चस्तरीय कार्यदल बनाउन स्थानीय सरकार लचिलो भएपछि आन्दोलनकारी एक सातासम्म्को लागि यात्रुबाहक सवारी चल्न दिन सहमत भएका थिए।

 

त्यस्तै हिजो ईलाका प्रहरी कार्यालय ठोरीमा भएको वार्तामा पनि उच्चस्तरीय अधिकार सम्पन्न कार्यदल बनाउन गाउँपालिका सहमत भएपछि वडा न ३ का आन्दोलनकारीले पनि चैत २ गतेसम्म सबै सवारी संचालन गर्न दिने सहमति गरेका थिए।

छुट्टाछुट्टै कार्यदल बनाएर दुबै तर्फका आन्दोलनकारीहरुका असन्तुष्टिहरुलाई प्याकेजमा छ्लफल गर्न गाउँपालिकाले १३ सदस्यीय कार्यदल गठन गर्ने सहमति गरेको छ।सुवर्णपुरको असन्तुष्टि हल गर्न १३ सदस्यीय कार्यदल गठन भैसकेको छ भने वडा ३ को समस्या हल गर्न कार्यदल गठनको प्रक्रिया सुरु भैसकेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.