logo

२० वर्ष नाघेका सार्वजनीक सवारी साधन चैत्र ३० पछि सडकमा गुड्न नपाउने

      3/9/2018 गते 00 00 मा प्रकाशित     1370   पटक पढिएको

बीरगंज २५ फागुन ।०७४ चैत्र ३० गते देखी २० वर्ष नाघेका सवारी साधनहरु सडकमा गुडन नपाउने भएका छन ।

 

बीरगंजमा रहेको सवारी शाखा कार्यालयले नारायणी अञ्चलमा २० वर्ष नाघेका सवारी साधनहरुको लगत धमाधम संकलन गरिरहेको बुझिएको छ ।

नारायणी अञ्चलमा १५ सय भन्दा साना ठुला सवारी साधन रहेको स्रोतको भनाई छ । 

 


०७२ साल चैत्र १ गते नेपाल सरकारले सूचना प्रकाशित गरि समृद्ध नेपालकालागि रेल सडक तथा यातायात बिकासको पाँच वर्षे  रणनीतिक कार्ययोजना कार्यान्वयनकोलागि २० वर्ष नाघेका सवारी साधन बिस्थापनको निर्णय लिएको हो ।


    २० वर्ष भन्दा पुराना सम्पूर्ण सार्वजनीक सवारी साधनहरु बिस्थापन गर्ने गरि २ वर्षको अवधी राखेर सूचना प्रकाशित भएको थियो ।

 

यही चैत्र ३० गते सूचना प्रकाशित भएको २ वर्ष पुग्दै छ ।सरकारले ३० वर्ष नाघेका सवारी साधनहरुलाई नेपाल भरि प्रवेशमा रोक लगाउने  फेला परे जफत गरि कानूनी कारवाही गर्ने जनाएको छ ।

वतावरणको प्रदुषण बढाएको र दुर्घटनको दर बढेको भन्दै २० वर्ष नाघेका सवारी साधनहरुको बिस्थापन गर्ने निर्णय लिएको हो ।


नेपाल सरकारले २० वर्ष नाघेका सार्वजनीक सवारी संचालनमा रोक लगाउने निर्णय गरेपनि त्यसको कार्यान्वयनको तयारीका बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भने अनभिज्ञ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मिन कार्कीले आफू नयाँ भएकोले त्यस बारे केही थाहा नभएको बताउनु भयो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.