logo

बोक्सीको आरोपमा कुटिएकी राधाको उपचार खर्च सरकारले ब्यहोर्ने

      3/10/2018 गते 00 00 मा प्रकाशित     741   पटक पढिएको

बीरगंज २७ फागुन ।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा बोक्सीको आरोप लगाई कुटपिट भएपछि उपचारकोलागि भर्ना भएकी २० वर्षीया राधा चौधरीको उपचार खर्च सरकारले ब्यहोर्न भएको छ । 

 


प्रधानमंत्रीको सचिवालयले आज जारी गरेको प्रेस नोटका अनुसार हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भैसकेको छ । 

 


राधा चौधरीलाई कुटपीटमा संलग्न भएकालाई प्रहरीबाट छुटाएको बिषय पनि तत्काल छानविन गरि कारवाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्दैशन दिएको छ ।

घटना घटेको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले यस विषयमा चासो  प्रकट गर्दै तत्काल कारवाहीको पहल गरेको हो । मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन नसक्ने जनाएको छ । 

 


नेपाल लगायत विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ ।

 

घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ । यस्ता आपराधिक घटना भविश्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपन जस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी रहेको प्रेस नोटमा उल्लेख छ ।

 

यस्ता अन्धविश्वास विरुद्ध लड्न र तिनलाई निर्मूल पार्न सरकारलाई सधैं सबै नागरिकको सहयोग प्राप्त हुने अपेक्षा समेत गरेको उल्लेख छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

मधेशमा छठ पर्व सुरु, वीरगंजको घडीअर्वा सहितका छटघाटहरू भब्य रुपमा सजाइदै

वीरगंज । मधेशको सबैभन्दा ठूलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। वीरगंज, कलैया गौर,मलंगवा,रावबिजराज,जनकपुरधाम,जलेश्वर सिरहाका विभिन्न घाटहरू भब्य रुपमा सजाईएको छ ।

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.