logo

बिवरण ढाँटेर नागरिकता लिन खोज्ने एक भारतीय ,प्रहरी नियन्त्रणमा

      3/11/2018 गते 00 00 मा प्रकाशित     1485   पटक पढिएको

वीरगंज २७ फागुन । 
बिवरण ढाँटेर नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पर्सामा पक्राउ परेका छन । पर्साको धोविनी गाउँपालिकाको वडा नम्बर २ भिखमपुरबाट झुठा विवरण पेस गरी नागरिकता बनाउन खोज्ने भारतीय नागरिक दिनेश राउत कुर्मी पक्राउ परेका हुन। 

कुर्मीसँगै उनकी सासु रम्भा देवी पनि पक्राउ परेकी छिन्। कुर्मी भारतको विहार पश्चिम चम्पारण बेतियाका स्याथी बासिन्दा भएको खुलेको छ।

नागरिकता बनाउन वडा कार्यालयबाट सिफारिस लिने क्रममा उनी पक्राउ परेका हुन । विशेष सुराकीको अधारमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले कुर्मीलाई पक्राउ गरेको हो।

 

ससुरालीमा बस्दै आएका कुर्मी आफनै सासु रम्भा देवीको नक्कली छोरा बनेर नागरिकता लिन वडा कार्यालय पुगेको वडाध्यक्ष ललनप्रसाद कुर्मीले बताए।

पक्राउ परेका कुर्मीले मोती राउत कुर्मीको नामले भारतीय परिचयपत्र लिएको प्रहरीले जनाएको छ। ज्वाइँ सासु दुबैलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

मधेशमा छठ पर्व सुरु, वीरगंजको घडीअर्वा सहितका छटघाटहरू भब्य रुपमा सजाइदै

वीरगंज । मधेशको सबैभन्दा ठूलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। वीरगंज, कलैया गौर,मलंगवा,रावबिजराज,जनकपुरधाम,जलेश्वर सिरहाका विभिन्न घाटहरू भब्य रुपमा सजाईएको छ ।

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.