logo

तलव निकासको माग गर्दै शिक्षकहरु काम रोक धर्नामा, महागरको काम ठप्पै

      3/12/2018 गते 00 00 मा प्रकाशित     1470   पटक पढिएको

बीरगंज २८ फागुन । 
पर्सा जिल्लाका तलव नपाएका तीन वटा स्थानीय तहका शिक्षकहरु आजबाट काम रोकेर धर्नामा उत्रिएका छन ।
    दोश्रो चौमासिक बापतको तलव नपाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन । सम्बिधानले अन्य सेवाहरुलाई जस्तै शिक्षालाई पनि स्थानीय तह मातहत राखेको छ ।

 

पर्साका ठोरी गाउँपालिका पर्सागढी नगरपालिका र बीरगंज महानगरपालिकाले शिक्षक ,बिद्यालय कर्मचारी र बाल शिक्षाका कर्मचारीलाई तलव निकासा नदिदा उनीहरुको आर्थिक ब्यवस्थापन नै लथालिंङ्ग भएको छ ।
    शिक्षकहरुको छाता संगठन शिक्षक महासंघले स्थानीय तहका प्रमुखहरुले आफना समस्याहरुका बिषयमा गम्भिरतापूर्वक सुन्ने प्रयास समेत नगरेको आक्षेप लगाएका छन ।

 

उनीहरुले शिक्षकहरुको आन्दोलन्लका कारण बिद्यार्थीको पठन पनठन प्रभावित हुदा समेत वास्ता नगरेको आरोप लगाएका छन ।शिक्षकहरुले आफनो आन्दोलनलाई अनिश्चितकालीन भनेका छन । शिक्षकहरुको धर्नाका कारण बीरगंज महानगरपालिकामा कर्मचारीहरु प्रवेश गर्न पाएका छैनन । महानगरको काम कर्मचारी भित्र प्रवेश गर्न नपाएकोले काम प्रभावित भएको छ ।

 

त्यस्तै पसागढी नगरपालिका र ठोरी गाउँपालिकामा पनि कामरोक धर्ना भइरहेको शिक्षक संघ पर्साका अध्यक्ष तिर्थराज यादवले बताए  ।
    उनीहरु बीरगंज महानगरको प्राङ्गण पर्सागढी र ठोरी गाउँपालिकाको प्राङ्गणमा धर्नामा बसेका छन । धर्नामा बिद्यालयबाट एकजनाको सहभागिता रहेको छ ।

 

बिद्यालयको पठन पाठन नियमित रहेको अध्यक्ष यादवले बताए ।बीरगंज महानगरका बरिष्ठ अधिकृत सुमन श्रेष्ठले शिक्षकहरुको धर्नाका कारण महानगरको कामकाज ठप्प भएको बताए  ।

 

उनले  नेपाल सरकारले तलव निकासा नगरेकोले नै शिक्षकहरुलाई तलव दिन नसकेको स्पष्ट पारे  । महानगरले एक महिनाको तलव आन्तरिक श्रोतबाट निकासा गरेको थियो । तर सरकारले दिन पर्ने रकम नदिएकोले नै शिक्षकहरुको तलव रोकिएको श्रेष्ठको भनाई छ ।

 

श्रेष्ठले बिद्यालय प्रशासनले शिक्षकको संख्या र दरवन्दी जस्ता विवरण उपलब्ध नगराएकोले पनि समस्या आएको बताए ।

 

महानगरले बिववरण पाएको छैन के आधारमा कति पैसा माग गर्ने भन्ने अन्यौलता पनि रहेको अधिकृत श्रेष्ठको तर्क छ । पर्साका १४ मध्य अन्य दुई नगरपालिका सहित ११ गाउँपालिकाले भने शिक्षकहरुको दोश्रो चौमासिकको तलव निकासा गरिसकेका छन ।

 


बीरगंज महानगर पालिका मा ३२ वटा वडाहरु मा ९३ वटा विधालयहरु रहेका छन । यस ९३ वटा विधालयहरु मा ९सय ५३ जना शिक्षक र शिक्षीकाहरु कार्यरत रहेका छन  ।

 

बीरगंज महानगरपालिका भएको देखी ९ सय ५३ जना शिक्षकहरु लाई चार महिना देखी तलब, भत्ता, मसलन्द, जस्ता आर्थिक सुविधा कुनै पनी नपाएकोले गर्दा शिक्षकहरु बाध्य भई आन्दोलनमा ओर्लिएको बताउछन । स्थानीय निकायले शिक्षकहरुको समस्या समाधान गरेन भने चैत्र ३० गते हुने विधायल स्तरीय सबै अन्तिम परिक्षाहरु बहिष्कार गर्ने सम्मको कदम चाल्न सक्ने शिक्षकहरुले बताएका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.