कृष्ण मोहन साह
फाल्गुन २९ सुवर्णपुर
पर्साको जगरनाथपुर गाँउपालिकाको प्रथम गाँउ परिषद आज सम्पन्न भएको छ ।
गाँउ परिषदमा चालु आर्थिक वर्षका लागि ३० करोड ९५ लाख ३० हजार रुपैयाको वार्षिक बजेट सार्वजनिक गरिएको छ । जसमा चालु खर्च तर्फ ३ करोड ६४ लाख ६६ हजार , सामाजिक शिक्षा विकास खर्च तर्फ ९७ लाख ५० हजार , स्वास्थ्य कार्यक्रम तर्फ २१ लाख ५० हजार , सामाजिक समावेशीकरण कार्यक्रम तर्फ ४० लाख , आर्थिक विकास खर्चमा १९ लाख , वातावरण र बृक्षारोपण कार्यक्रमका लागि २३ लाख , संस्थागत विकास तर्फ ५३ लाख र खानेपानीका लागि एक करोड २५ लाख ८३ हजार रुपैया विनियोजन गरिएको छ ।
गाँउपालिकाका प्रमुख जालीम मियाको अध्यक्षता एंव प्रदेशसभा सदस्य प्रहलाद गिरीको प्रमुख आतिथ्यतामा भएको गाँउपरिषदमा वडा अध्यक्ष , वडा सदस्य लगायत राजनीतिक दलका स्थानीय अगुवा र स्थानीयवासीको सहभागीता रहेको प्रशासकीय अधिकृत प्रेम नारायण चौधरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया