logo

वडा नं ३१ बेल्वा प्रदेश नं २ कै पहिलो बालमैत्री वडा घोषणा 

      3/14/2018 गते 00 00 मा प्रकाशित     833   पटक पढिएको

वीरगञ्ज, ३० फागुन ।

प्रदेश नं २ का मुख्य मन्त्री महम्मद लालबाबु राउत गद्दीले छोरी पढाउन विशेष प्याकेज ल्याउने बताएका छन् । उनले बेटी पढाउ घर अघि बढाउ अभियान नै सञ्चालन गरेर प्रदेशका छोरीहरुलाई शिक्षित तुल्याउने बताए । 


वीरगञ्ज महानगरपालिका वडा नं ३१ बेल्वालाई संघिय संरचनापछि प्रदेश नं २ कै पहिलो बालमैत्री वडा घोषणा गर्दै बुधबार उनले प्रदेश सरकारको तर्फबाट छोरी पढाउन विशेष प्याकेजको घोषणा हुने जानकारी गराएका हुन ।

 

यसअघि मुख्य मन्त्री गद्दीले ताम्रपत्र पढेर वडाले बालमैत्रीका सबै सूचक पुरा गरेका कारण वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ बालमैत्री वडा बन्न सफल भएको घोषणा गरे । 


समारोहमा बोल्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले आफूले सपथ खाएकै दिन नगरलाई बालमैत्री बनाउने निर्णय गरेको स्मरण गरे । उनले बालबालिकाको वृहत्तर विकासका लागि आमाको गर्भ देखि नै उचित स्याहार गर्नुपर्नेमा जोड दिए ।

 


 १ हजार ३ सय २५ घरधुरी रहेको वडामा १० हजार ४४ जनसंख्या र ४ हजार ५ सय ४४ बालबालिका छन् । वडाले बाल मैत्री वडा घोषणाका लागि आवश्यक सबै ३९ वटा सूचक पुरा गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । ३९ सूचक मध्ये एक दर्जन  संस्थागत र बाँकी २७ वटा सेवा प्रवाहबाट निर्धारण गरिएको सूचक रहन्छ ।  

 

कार्यक्रममा उपमेयर शान्ति कार्किले कार्यक्रमले प्रदेश नम्बर २मा एउटा नया माहौल उत्पन्न हुने बताउदै बालबालिकाको अधिकार प्रति सरोकारवाला सबैको ध्यानाकर्षण गराएकी थिइन ।

 

कार्यक्रममा बडा नम्बर ३१का बडाअध्यक्ष चुमन चौधरीले बालमैत्री स्थानीय शासन बडा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । युनिसेफ नेपालका रिप्रजेन्टेटिभ रौनक खान, बालिका अनिसा धडेर,पर्साका जिल्ला शिक्षा अधिकारी बर्खु रजत लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.