logo

पर्सामा उपभोक्ताहरु ठगिएका छन-प्रजिअ सिंह

      3/14/2018 गते 00 00 मा प्रकाशित     1205   पटक पढिएको

बीरगंज १ चैत । उपभोक्ताको हक कार्यान्वयन गराउने नियमनकारी निकायले नै पर्सामा उपभोक्ताहरु बिक्रेताहरुबाट व्यापक रुपमा ठगिदै आएको बताएको छ ।

 

विश्व उपभोक्ता दिवसको अवसरमा कन्जुमर आइ नेपाल पर्साले वीरगन्जमा आज आयोजना गरेको उपभोक्त हक संरक्षणमा स्थानीय तहको भूमीका विषयक विचार गोष्ठीमा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले पर्सामा बिक्रेताहरुबाट उपभोक्ताहरु व्यापक रुपमा ठगिएको बताएका हुन  ।

 

उनले  उपभोक्ताहरु आफै सचेत नभएका कारण पनि बिक्रेताहरुबाट ठगिने क्रम निरन्तर चलिरहेको बताए । उनले उपभोक्ताको हक संरक्षणको सवाल, स्थानीय तहको प्राथमिकतामा नै पर्न नसकेको पनि बताए  ।

 

उनले उपभोक्ताको हक  कार्यान्वयनमा छ कि छैन भनेर नियमन गर्ने जिम्मेवारी अहिले स्थानीय तहमा आएको भएपनि जनप्रतिनिधिहरुले यस विषयमा चासो समेत नदेखाएको आरोप लगाए ।

 

उपभोक्तालाइ ठग्ने बिक्रेता र उत्पादकहरुको नियमन र कार्वाहीका लागि पहलकदमी लिन पर्साका सबै स्थानीय तहलाइ आफुले पटक पटक आग्रह गर्दै आएको भएपनि यसमा उनीहरुले सहयोग नगरेको प्रजिअ सिंहको भनाई छ ।  

 

पसलहरुमा क्रेताले स्पष्ट देख्ने गरि सामानको मुल्य सूची अनिवार्य राख्नु पर्नेमा  वीरगन्जमा रहेका पसलहरुमा भने मुल्य सूची नराखेको  अवस्था रहेको भन्दै प्रमुख जिल्ला अधिकारी सिंहले पसलमा बिक्री गर्न राखिएका मालसामानमा बिक्री मुल्य पनि अंकीत नभएका कारण पनि उपभोक्ताहरु  बिक्रेताहरुबाट ठगीने गरेको बताए ।

 

वीरगन्ज महानगरपालिका कार्यालयका कानूनी सल्लाहकार एंव अधिवक्ता कमल मोहन पोखरेलले संविधानमा उपभोक्ताको हक, मौलीक हकमै सुनिश्चित गरिएको भएपनि नियमनकारी निकायको उदासीनताका कारण उपभोक्ताहरु ठगिने क्रम नरोकिएको बताए  ।

 

नयाँ संविधानले उपभोक्ता हक कार्यान्वयनको जिम्मेवारी स्थानीय तहलाइ दिएको भनिए पनि त्यसमा स्पष्टता नभएका कारण जनप्रतिनिधिहरु नै अन्यौलमा रहेको अधिवक्ता पोखरेलको भनाइ छ ।

 

उपभोक्ता हक संरक्षण गर्ने पहिलो जिम्मेवारी राज्यको भएपनि उ आफनो जिम्मेवारीबाट पन्छिन खोजेको अवस्था रहेको भन्दै अधिवक्ता पोख्रेलले उपभोक्ता हकको नाममा खुलेका संघसंस्थाहरु पनि नाम मात्रको भएको आरोप लगाउनु भयो । उपभोक्ता सचेत , बिक्रेता जवाफदेही  र नियमनकारी निकाय उत्तरदायी भए मात्र उपभोक्ता गठिने क्रम रोकिने उनले बताए  ।

 

नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेलले राज्यको उदाशीनता र उपभोक्तावादी संघसंगठनको निस्कृयताका कारण आम उपभोक्ताहरु बिक्रेताहरुबाट लुटिन बाध्य भएको बताए  ।

 

कन्जुमर आइ नेपाल पर्साका अध्यक्ष केसी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, पत्रकार महेशचन्द्र गौतम, माछा मासु व्यवसायी संघ वीरगन्जका सचिव ग्यासु मियाँ देवान, नेविसंघका नेता दिलिपराज कार्की, अखिल क्रान्तिकारीका नेता प्रभाकर गुप्ताका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि, सन्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.