logo

 घ्याङडाडामा अस्थायी गाउँपालिकाको कार्यालय संचालन ,बिकास निर्माणका कामलाई तिव्रता दिइने 

      3/15/2018 गते 00 00 मा प्रकाशित     966   पटक पढिएको

बीरगंज १ चैत ।
ठोरीको वडा न ४ मा रहेको घ्याङडाडामा गाउँपालिकाको अस्थायी कार्यालय राख्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको छ।यसअघि वडा न ५ सुवर्णपुरमा रहेको गाउँपालिका कार्यालय घ्याङ्डाडामा सार्ने निर्णय भएपछि सुवर्णपुरबासीहरु गत माघ १६ गतेदेखि नै आन्दोलित भैरहेका छन् ।


वडा न २ को वडा कार्यालयमा बसेको बोर्ड बैठकले आज यस्तो निर्णय गरेको हो।लामो समयदेखि जारी बन्द हडतालले गर्दा गत माघ १५ गतेको गाउँसभाले पारित गरेको आब २०७४र७५ का लागि बिनियोजन गरिएको बजेट फिर्ता हुने अबस्था सृजना हुन लागेकोले बिकास निर्माणलाई तिब्रता दिन अस्थायी रुपमा भएपनि गाउँपालिकाको कार्यालय तोकिएको प्रबक्ता रामप्रकाश कुवरले जानकारी दिए।

 

सुवर्णपुरमा रहेको कार्यालयबाट नै गापाको दैनिक प्रशासन र बिकास निर्माण सम्बन्धि कार्य गर्न असुरक्षाको कारणले असम्भव भएकोले घ्याङडाडामा अस्थायी कार्यालय राख्ने निर्णय गरिएको उनले बताए । गाउँ सभाको माघ १५ को निर्णय खारेजीको माग राखेर गत माघ १६ गतेदेखि आन्दोलनरत सुवर्णपुरका आन्दोलनकारीहरुले गाउँपालिका कार्यालयमा रहेको फर्निचर तोडफोड गर्दै कागजातहरु समेत जलाएका थिए।

गापा अध्यक्ष पि।एल।श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकमा गाउँपालिका भित्र जारी आन्दोलन र सुरक्षा चुनौती बिषयमा समेत छलफल भएको थियो।लामो समयदेखिको बन्द हडतालले जनताहरुले सास्ती बेहोर्नु परेको ठहर गर्दै यातायात सुचारु गर्न सुरक्षाको वातावरण निर्माण गर्नको लागि सुरक्षा निकायसंग अनुरोध गर्ने निर्णय पनि आजको बैठकले गरेको प्रबक्ता कुवरले बताए।

 

१३ सदस्यीय गाउँपालिकाको बोर्ड बैठकमा आज सुवर्णपुरबाट प्रतिनिधित्व गर्ने ४ जना बोर्ड सदस्यहरु अनुपस्थित थिए। गापा उपाध्यक्ष शान्तिमाया थिङ ,५ न वडाका वडाध्यक्ष राम बहादुर पाख्रीन,सदस्यहरु अनुखा सुनार र दिपक सुनाम आजको बैठकमा सहभागी भएनन् ।


बोर्ड बैठकमा तत्काल कायम सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा सो बैठकका लागि गणपुरक संख्या पुग्ने कानुनी व्यवस्था स्थानीय सरकार संचालन ऐन २०७४ ले गरेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.