logo

जनप्रतिनिधिहरुको खिचातानीले जनता मर्कामा परेको भन्दै नागरिक अगुवाद्वारा चिन्ता ब्यक्त 

      3/17/2018 गते 00 00 मा प्रकाशित     795   पटक पढिएको

बीरगंज ३ चैत ।
नेपाल मधेस फाउन्डेसन नेमाफले आज पर्सा जिल्लामा विद्यमान विभिन्न तनावको क्षेत्र पहिचानका लागि संवाद गरेको छ ।

 

वीरगञ्जको होटल मकालुमा विभिन्न क्षेत्रका अगुवाहरुसँग संवाद गरिएको हो । संवादमा धारणा राख्ने वक्ताहरुले पछिल्लो समयमा स्थानीय तहमा धेरै समस्याहरु देखा परिरहेको बताएका छन् ।

 

जनप्रतिनीधिहरुबीचको आपसी खिचातानीले गर्दा आम सर्वसाधरण मर्कामा परेको उनीहरुको भनाई छ । वक्ताहरुले स्थानीय तहहरुमा देखिएको समस्या समाधानका लागि राजनीतिक दल सबै भन्दा पहिले गम्भिर हुनुपर्नेमा जोड दिए ।

 

कतिपय स्थानीय तहमा जनप्रतिनीधिहरु विकासका काममा भन्दा आफ्नो सेवा सुविधामा केन्द्रित हुँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

कार्यक्रममा, नेपाली काँग्रेसका पर्सा सचिव श्याम पटेल, संघिय समाजवादी फोरम नेपालका पर्सा प्रवक्ता राम नरेश यादव, पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष केसि लामिछाने, अधिवक्ता कमलमोहन पोखरेल, युवा नेता ओम प्रकाश सर्राफ लगायतले धारणा राखेका थिए ।

 

संवादको सहजीकरण अधिवक्ता रामेश्वर सेढाई र प्राध्यापक विनोद गुप्ताले गर्नुभएको थियो । आजै पर्सा जिल्लाका विभिन्न क्षेत्रमा आवद्ध महिला अगुवाहरुसँग समेत संवाद गरिएको नेमाफका बासु कर्णले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.